यसरी नापिन्छ जग्गा-थाहा पाइराख्नुस्

22K
shares

काठमाडौं।जमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य एकाई हो । तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा एकाई फरक फरक हुन सक्छ ।

नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को एकाईमा नाप्ने गरिन्छ । तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ ।

 

त्यस्तै, पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत एकाईको रूपमा चलिआएका छन् । यी एकाईलाई माथि दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य एकाई (वर्गफिट वा वर्गमिटर) सँग रूपान्तरण गरेर जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ ।

 

यस्ताे छ जग्गाकाे मापन

 

1 Bigha (बिघा) = 20 Kattha (कठ्ठा), 1 Bigha (बिघा) = 6772.63 m², 1 Bigha (बिघा) = 72900 sq.ft., 1 Bigha (बिघा) = 13.31 Ropani

 

1 Kattha (कठ्ठा) = 20 Dhur (धुर), 1 Kattha (कठ्ठा) = 338.63 m², 1 Kattha (कठ्ठा) = 3645 sq.ft.

 

1 Dhur (धुर) = 16.93 m², 1 Dhur (धुर) = 182.25 sq.ft.,

 

1 Ropani (रोपनी)= 16 aana (आना), 1 Ropani (रोपनी)= 64 Paisa (पैसा)

 

1 Ropani (रोपनी)= 508.72 m², 1 Ropani (रोपनी)= 5476 sq.ft., 1 Ropani (रोपनी)= 256 Daam (दाम), 1 Ropani = 4 llka

 

1 Khetmuri = 25 Ropani,

 

1 Aana (आना)= 4 Paisa (पैसा), 1 Aana (आना)= 31.80 m², 1 Aana (आना) = 342.25 sq. ft., 1 Aana (आना) = 16 Daam (दाम)

 

1 Paisa (पैसा) = 4 Daam (दाम), 1 Paisa (पैसा) = 7.95 m², 1 Paisa (पैसा) = 85.56 sq. ft., 1 Daam (दाम) = 1.99 m²,

 

1 Daam (दाम) = 21.39 sq. ft.

civil hospital
Hams Hospitals