Banner ad for NADA AUTO SHOW -2026

वैशाखदेखि उपत्यकाबासीको धारामा दिनहुँ पानी

1.2K
shares

काठमाडौं । काठमाडौंबासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा आउने मेलम्ची खानेपानी विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक तिरेप्रसाद खत्रीले आंशिकरुपमा परीक्षण गरेर चैत दोस्रो सातादेखि नै वितरण गर्न सकिने बताए ।

 

‘पूर्णरुपमा परीक्षण गरी वितरण गर्न भने अझै डेढ महिनाजति लाग्छ,’ कार्यकारी निर्देशक खत्रीले भने, ‘वैशाख दोस्रो सातादेखि वितरण हुन सक्छ ।’ परीक्षणका क्रममा साढे २६ किलोमिटर सुरुङ पार गरी मेलम्चीको पानी शनिबार मात्रै सुन्दरीजलमा खसालिएको छ ।

 

सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन ११ गते सुरुङमा पानी प्रवेश गराइएको थियो । सुरुङ निर्माण थालिएको १२ वर्षमा सम्पन्न गरी सुन्दरीजलमा पानी आइपुगेको हो ।

 

मेलम्चीको पानी आउन थालेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण क्षेत्रभित्र दिनहुँ साढे २ देखि ३ घण्टासम्म पानी दिइने कार्यकारी निर्देशक खत्रीले बताए । अन्नपूर्ण पोस्टबाट

civil hospital
Hams Hospitals