सुनको मूल्य बढ्यो, कत्तिमा हुँदैछ काराेबार?

1.6K
shares

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । निरन्तर उकालो लागेको सुनकाे मुल्य हिजाे घटेपनि आज भने ६ सयले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । तेजावी सुनको मूल्य प्रतितोला एक लाख २ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, हिजो चाँदीको मूल्य प्रतितोला १४०५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४१५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals