चैत्र २७ गते आइतबारकाे राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्
वि.सं.२०७८ चैत २७ आइतवार
shares
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुनेछ । रमाइलो दिन छ । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभ हुनेछ । आयआर्जन हुने दिन छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा परिएला । काममा समस्या देखिएला । अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ । धन आर्जनमा राम्रो दिन छ । स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । टाढाको यात्राको पनि योग रहेको छ । फलिफाब हुने दिन छ । राम्रो कमाइका कारण सुख मिल्नेछ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ। अचानक कमइ हुनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । नसोचेको ठाँउमा खर्च हुन सक्छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ । आफन्त मिलनले सुख दिनेछ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ । पैसा कमाउने योग छ । आर्थिक लाभ हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । विश्वास गरेकाले धोका दिनेछन् । व्यर्थको खर्च होला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
बिहान काम बन्नेछ, बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नुपर्ला । वादविवादको सामना गर्नुपर्ला ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । जागिरको काममा डर हुनेछ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।
यहाँहरुको दिन शुभ रहोस् ।




























