एलएलबी पहिलो वर्ष भर्नाका लागि प्रवेश परीक्षा फारम खुल्ला
वि.सं.२०७८ चैत ३० बुधवार
31.4K
shares
shares
त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खुल्ला गरेकाे छ ।
शैक्षिक सत्र ०७७/०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना गर्न लिइने परीक्षाको फारम खुलेको हो।
वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म आवेदन फारम लिन सकिने तथा फारम र परीक्षाका लागि एक हजार दुई सय लाग्नेछ।
प्रवेश परीक्षा भने आगामी जेठ २१ गते शनिबार हुनेछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ।

Subscribe
0 Comments
Oldest
































