प्रधानमन्त्री देउवाद्वारा शीर्ष नेताहरुको बैठककाे आव्हान
वि.सं.२०७९ वैशाख ८ बिहीवार
2.1K
shares
shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठककाे आव्हान गरेका छन् ।
देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बाेलाएका हुन् । आगामी स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउनका लागि बैठक आव्हान गरेका हुन्।
बैठकमा नेताहरु डा. शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधीलाई समेत बोलाइएको छ । त्यसैगरी वर्तमान केन्द्रीय कमिटीको केही पदाधिकारीहरुलाई समेत बोलाइएको छ ।



























