उमेद्वारी दिन अमानसिंले दिए पदबाट राजीनामा

2.8K
shares

सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पदबाट राजीनामा दिएका छन्।

२०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका तामाङले आज राजीनामा दिएका हुन् ।

आउँदो वैशाख ३० गते हुने निर्वाचनमा उनी फेरि मेयर पदमा पार्टीबाट सिफारिस भएका छन् । मेयर तामाङले फेरि निर्वाचनमा उठ्ने दाबी गरिरहेका छन् ।

निर्वाचन आयोगको प्रावधानअनुसार अब निर्वाचनमा उम्मेदवारी दर्ता गराउने जनप्रतिनिधिले राजीनामा दिनु पर्नेछ ।

civil hospital
Hams Hospitals