सिन्धुपाल्चोकमा माओवादीकै दुई समुहबीच झडप

2.6K
shares

सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखको उम्मेदवारी दिने क्रममा झडप सिर्जना भएको छ ।

उम्मेदवारी विवादमा झडप हुँदा नगरपालिका तोडफोड गरिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्यास प्रहार समेत गरिएको छ ।

नगरपालिकाका केही वडा नेकपा एकीकृत समाजवादीलाई दिएपछि माओवादी कार्यकर्ता आक्रोशित बनेका हुन्।

माओवादीले कृष्णप्रसाद सापकोटालाई मेयरको टिकट दिएको छ। ​निर्वतमान मेयर अमानसिं तामाङले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेपछि नेता कार्यकर्ता असन्तुष्ट छन् ।

उम्मेदवारी दर्ता गर्न जाने क्रममा माओवादीकै दुई पक्षबीच झडप भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरि झडप नियन्त्रणमा लिइएको हाे ।

civil hospital
Hams Hospitals