उम्मेदवारबाटै मनोनयन दर्ताको क्रममा आचारसंहिता उल्लंघन

16.8K
shares
Nabil bank

काठमाडौँ। वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ताकै क्रममा आचारसंहिता उल्लंघन भएको पाइएको छ।

निर्वाचन पर्यवेक्षण समिति नेपालले आइतबार र सोमबार कतिपय उम्मेदवारहरुले निर्वाचनको आचारसंहिता उल्लंघन गरेको बताएकाे हाे ।

निर्वाचन प्रयोजनका लागि आयोगको स्वीकृति वेगर हेलिकप्टर प्रयोग गर्न नपाइने, ठूला ठूला झाँकी तथा जुलुस निकाल्न नपाइने, मोटरसाइकल र्‍याली गर्न नपाइने नियममा उल्लेख भए पनि यी यस्ता गतिविधि भएकाे आयोगको ठहर रहेको छ ।

समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘निर्वाचन प्रयोजनमा नावालकहरुलाई प्रयोग गर्न पाइँदैन । साथै निर्वाचनमा निर्वाचन आयोगको स्वीकृति वेगर हेलिकप्टर प्रयोग गर्न पाइँदैन । ठूला ठूला झाँकी तथा जुलुस लिएर हिँड्न पनि पाइँदैन । बाजागाजा तथा झाँकीहरु पनि प्रदर्शन गर्न पाइँदैन। मोटरसाइकल र्‍याली गर्न र तोकिएका निश्चित साइजका झण्डाबाहेक ठूलो झण्डा प्रयोग गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता सबै राजनीतिक दलहरुसँगको सहकार्य एवम् सहमतिमा तय गरिएका हुन् ।’

समयसीमा भित्र उम्मेदवारहरुले आचारसंहिताको उल्लंघन भएको छ । आयोगले उम्मेदवारी दर्ताको क्रममा हेलिकप्टर प्रयोग नगर्न समेत भनेको थियो । तर धेरै स्थानहरुमा उम्मेदवारहरुले हेलिकप्टरको प्रयोग गरि उम्मेदवारीस्थलमा मनोनयनका लागि पुगेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x