सिन्धुपाल्चोकबाट २ हजार २ सय १८ जना उम्मेदवार चुनावी मैदानमा
वि.सं.२०७९ वैशाख १४ बुधवार
shares
सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकबाट २ हजार २ सय १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
१२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अध्यक्ष प्रमुखका, उपप्रमुख उपाध्यक्ष तथा एक सय तीन वडामा चार सय ९५ ले वडाध्यक्ष पदमा उम्मेदवारी सहित २ हजार २ सय १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।
महिला सदस्यका लागि तीन सय ८७ जना, दलित महिला सदस्यका लागि तीन सय ४९ जना र खुला सदस्यका लागि आठ सय १८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयकाे तथ्याङ्कले देखाएको छ।
बलेफी गाउँपालिका अध्यक्षमा सबैभन्दा बढी १५ को उम्मेदवारी परेको छ भने जुगल र इन्द्रावती गाउँपालिका अध्यक्षमा सबैभन्दा कम पाँच पाँचले मनोनयन दर्ता गराएका छन् ।
सबै पदमा गरेर सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकामा तीन सय १६ को उम्मेदवारी परेको छ । यस्तै, इन्द्रावती गाउँपालिकामा दुई सय ५८ उम्मेदवारी परेको छ भने मेलम्ची नगरमा पनि दुई सय ५८ जनालेनै मनोनयन दर्ता गरेका छन् ।
त्यसपछि क्रमशः बाह्रबिसे नगरपालिकामा एक सय ८७, त्रिपुरासुन्दरी गाउँपालिकामा एक सय ३८, पाचँपोखरी गाउँपालिकामा एक सय ४३, जुगल गाउँपालिकामा एक सय ४०, भोटेकोशी गाउँपालिकामा एक सय ४४, लिसङखुपाखर गाउँपालिकामा एक सय ७६, बलेफी गाउँपालिकामा एक सय ८५, सुनकोसी गाउँपालिकामा एक सय ४९ जना रहेका छन् ।
सबैभन्दा कम हेलम्बु गाउँपालिकामा एक सय २४ ले उम्मेदवारी दर्ता गराएका छन् । साथै, भोटेकोशी गाउँपालिकामा केही उम्मेदवारीले फिर्ता लिन सक्ने भएकोले साे संख्या घट्ने सम्भावना देखिन्छ ।
जिल्लामा कांग्रेस, एमाले, माओवादी लगायत ६ राष्ट्रिय मान्यता प्राप्त दल सहित सबै तहमा गरेर २५ राजनीतिक दल चुनावी मैदानमा रहेका छन् ।
माओवादीसँग गठबन्धन गरेको माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले समेत सबै तहमा उम्मेदवारी प्रस्तुत गरेकाे छ ।




























