त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]
वि.सं.२०७९ जेठ १० मंगलवार
shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित भएको छ ।
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले व्यवस्थापन संकाय तर्फको तीन बर्षे स्नातक तह दोश्रो बर्ष ( 3 years BBS 2nd year ) को नतिजा प्रकाशित गरेको हो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७८ साल बैशाख–श्रावण महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह तीन वर्षे बी.बी.एस. दोस्रो बर्ष २०७७ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल वेबसाईट https://tuexam.edu.np/ मा हेर्न सकिनेछ भने 3BBS (space) Roll Number टाईप गरी 33624 मा SMS गरेरपनि जानकारी पाउन सकिनेछ ।
परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उदेश्य राखि प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणले अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ । लब्धाकंपत्र सम्बन्धित क्याम्पसबाट वितरण हुने जनाइएको छ ।
































