मनिषा सिंहको सफलताको कथा
वि.सं.२०७९ भदौ २७ सोमवार
shares
सामान्य क्षमता÷आईक्यू परीक्षण र गणित परीक्षामा दिइन । अन्तिम र सबैभन्दा महत्त्वपूर्ण मापदण्ड जसको आधारमा उनको छनोट निर्धारण गरिएको थियो, उनको एग्लोन स्कूलमा आवेदन दिनको लागि उनको प्रेरणाको पत्र थियो ।
उनले संसारको कुनै पनि बच्चाभन्दा पनि धेरै हासिल गरेकी छिन् । उनी नेपालकी सन्तान हुन् र उनको सफलतालाई मनाउनुपर्छ । मनिषाको नयाँ शिक्षाको यात्रा नेपालका सरकारी निकायहरुकै कारण झण्डै रोकिएको नमिठो घटना समेत सुनाइएको थियो । स्विट्जरल्याण्डको वाणिज्य दूतावासले सबै कागजी कार्यहरू उपलब्ध गराएको र नेपाली अधिकारीहरूलाई अग्रिम पठाएको, अध्यागमनलाई मनिषासँग सम्बन्धीत कागजातको प्रतिलिपिहरू उपलब्ध गराइए पनि सुन्दर सपनाको संसारमा पुग्नबाट रोक्ने प्रयास भएको फाउण्डेसनका कानुनी सल्लाहकार राजेश काफ्ले पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘विदेशी परिवार हर्ली परिवारले कठिनाइहरूको सामना गर्दै र बिना कारण उनीहरुलाई हिरासतमा राखियो ।’ सरकारी निकायहरुमा बस्ने मान्छेहरुले सबै नेपालीहरुलाई एउटै डालोमा राखेर हेर्ने बानीका कारण धेरै नेपालीहरु पीडित भइरहेको उनले बताए ।
उनले भने, नेपालको दुर्गम स्थानकी एक जना चेलीको भविष्य उज्जल बनाउने अभियानमा लागेका विदेशी नागरिकले समेत नेपालको जेलमा बस्न पर्यो यो भन्दा लाजमर्दो कुरा के हुन्छ भन्दै प्रश्न गरेका थिए । यी धेरै समस्याहरु पार गर्दै आफ्नी जन्म दिने आमा, नेपालमा डस्टी याक सोसाइटीको सहयोग र सरकारका केहि कर्मचारीको हस्तक्षेपले उनको यात्रा रोकिएन र आज उनी नेपालकै चम्किलो ताराका रुपमा स्विटजरल्याण्डको एग्लोन कलेजमा अध्ययनरत छिन ।

































