सुनको मूल्य घट्यो…
वि.सं.२०७९ असोज ३० आइतवार
9.9K
shares
shares
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २५ रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Subscribe
0 Comments
Oldest































