सेल्फी खिच्ने बहानामा गर्भवती पत्नीलाई भीरबाट खसालियो,पैसा खाने पतिको दाउ

1.5K
shares

टर्कीमा सेल्फी खिच्ने बहानामा एक जना पुरुषले गर्भवती श्रीमतीलाई भीरबाट गुल्टाइदिएका छन् । सेल्फी लिएको केही समयमै उनलाई भीरबाट खसालिएको हो । यसवापत ती पुरुषलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

 

सन् २०१८ को जुनमा टर्कीको मुग्ला प्रान्तको बटरफ्लाइ भ्यालीमा सेमरा आयसललाई श्रीमान हाकान आयसलले एक हजार फिट माथिको भीरबाट धकेलिदिएका थिए । अदालतमा पेश गरिएको प्रमाणअनुसार हाकानले जीवन बीमा पोलिसीको रकम हात पार्न सात महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका हुन् ।

 

हाकान आयसलले उचाइमा पुगेपछि डराएकी श्रीमतीलाई सेल्फी खिच्ने बहानामा ३०४ मीटर अग्लो भीरको छेउमा लगेर धकेलिदिएका थिए । श्रीमानले डरलाग्दो षड्यन्त्र गरेको र त्यसवापत पत्नीको तर्फबाट २५ हजार डलरको जीवन बीमा लिएको अदालतको फैसलामा उल्लेख छ ।

 

श्रीमतीको मृत्युपछि श्रीमानले तत्काल बीमा रकम दाबी गरेको न्यूयोर्क पोष्टले जनाएको छ । श्रीमतीको मृत्युपछि बीमा पोलिसीको एक मात्र हकदार आयसलले उनको तर्फबाट निवेदन हालेका थिए ।

 

तर,प्रहरीले सेमराको मृत्युबारे गरेको अनुसन्धानको क्रममा श्रीमानको बद्नियत देखेपछि बीमा दाबीको निवेदन खारेज गराएको थियो ।

civil hospital
Hams Hospitals