साउनमा करिब १२ अर्बको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त

17.1K
shares
Nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा उद्योग क्षेत्रमा ११ खर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

 

उद्योग विभागका अनुसार ६० वटा उद्योगमा उक्त लगानी प्रतिवद्धता प्राप्त भएको हो । वैदेशिक लगानी प्रतिवद्धतामध्ये ५४ वटा साना, चारवटा मध्यम र दुईवटा ठूला उद्योगको लागि प्राप्त भएको विभागले जनाएको छ ।

 

प्राप्त लगानी प्रतिवद्धता अनुसार लगानी हुँदा तीन हजार ३०१ रोजगारी सिर्जना हुने बताइएको छ ।प्राप्त वैदेशिक लगानी प्रतिवद्धतामध्ये ४६ प्रतिशत पर्यटन, दुई प्रतिशत कृषि, सात प्रतिशत उत्पादन, दुई प्रतिशत आईसीटी र ४३ प्रतिशत सेवा क्षेत्रसँग सम्बन्धित रहेको छ ।

 

नेपालले हालसम्म चार खर्ब ६४ अर्ब ३४ करोड ७१ लाख ६२ हजार ६०० रुपैयाँको उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रतिवद्धता प्राप्त गरेको छ । पाँच हजार ९१९ उद्योगमा उक्त प्रतिवद्धता प्राप्त भएको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x