रिडी पावरले दियो ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन

26.1K
shares
Nabil bank

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि साउन ४ गते निवेदन दिएको हो ।

 

विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाइसकेको छ ।

 

कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x