नेप्सेमा २१ करोड ६७ लाख कित्ता शेयर सूचीकृत

17.9K
shares
Nabil bank

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एक आपसमा मर्ज भएपछि कायम हुने आएको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर लक्ष्मी सनराइज बैंकको नामबाट सूचीकृत भएको छ ।

 

अब कम्पनीको शेयर भोलि अर्थात सोमबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । यी दुई बैंक १ः१ को अनुपातमा मर्जरमा गएका हुन । त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको छ ।

 

साविकको सनराइज बैंकको सूचीकरण खारेज गरी त्यस कम्पनीको १० करोड ११ लाख ८८ हजार ९२९ कित्ता शेयर लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट कायम गरी कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर अभिलेख भएको छ । कम्पनीको स्टक सिम्बोल एलएसएल रहेको छ । दुबै बैंक एक आपसमा मर्ज भएपछि असार २९ गते लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x