साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से २९.८१ अंकले घट्यो

22.8K
shares
Nabil bank

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से २९.८१ अंकले घटेको छ । कारोबार शुरू भएदेखि नै घटेको नेप्से १९६०.७८ अंकसम्म झरेको हो ।

 

बैंकहरूले धितोपत्र दलाल कम्पनी (ब्रोकर) लाई चालू पूँजीमा कडाइ गरेपछि शेयर बजारमा थप पहिरो चलेको हो । आज नेप्सेमा ४० लाख ५३ हजार ३६८ कित्ता शेयर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा कारोबार भएको छ ।

 

थ्रीस्टार हाइड्रोपावरका शेयरधनीले प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन्‌ । लिबर्टी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशत गुमाएका छन्‌ ।

 

२७६ कम्पनीको शेयर कारोबार भएकोमा २१२ कम्पनीका शेयरधनीले मूल्य गुमाएका छन्‌ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x