दुई वटा सहकारीहरु समस्याग्रस्त घोषणा

25.5K
shares
Nabil bank

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार भक्तपुरको शिव शिखर बहुउद्देश्यीय र मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

 

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा १ को खण्ड ‘क’ देखि ‘च’ सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा २ बमोजिम दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।

सहकारीलाई समस्याग्रस्त घोषणा गरी संस्थाहरुको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x