आज कति छ तरकारीको मुल्य हेर्नुहोस्
वि.सं.२०८० भदौ २८ बिहीवार
shares
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार ठुलो नेपाली गोलेभडा, लोकल बन्दा, र डल्लो भन्टा प्रतिकेजी ६५ रुपैयाँ, भारतीय गोलभेडा, लाम्चो भन्टा, सिमी, र परवर ४५ रुपैयाँ, लोकल सानो गोलभेडा ५८ रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ७० रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ५१ रुपैयाँ, सेतो आलु ४७ रुपैयाँ, सुकेको प्याज ६६ रुपैयाँ ५० पैसा, लोकल गाजर १३६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली र सेतो मूला ९५ रुपैयाँ, तने बोडी र तोरीको साग ५५ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ७५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला ८६ रुपैयाँ, लौका २५ रुपैयाँ, चिचिण्डो ४६ रुपैयाँ ६७ पैसा, घिरौला ३१ रुपैयाँ, झिगूनी ५५ रुपैयाँ, पाकेको फर्सी ५२ रुपैयाँ ५० पैसा, डल्लो फर्सी ५६ रुपैयाँ ६७ पैसा, भिण्डी ३६ रुपैयाँ, पिंडालू ६६ रुपैयाँ ६७ पैसा, स्कूस १७ रुपैयाँ ५० पैसा, रायोको साग ८५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ र डल्ले च्याउ ३७५ रुपैयाँ तोकिएको छ ।
यसैगरी कुरीलो र कालो अंगुर प्रतिकेजी ४७५ रुपैयाँ, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ३१० रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ, जिरीको साग ११० रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ ३३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कागती २०० रुपैयाँ, मौसम १६५ रुपैयाँ, लोकल काक्रो १३० रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, निबुवा र लप्सी ६६ रुपैयाँ ६७ पैसा, लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा, भारतीय मेवा १०५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, किवि ४२५ रुपैयाँ, शरीफा २२५ रुपैयाँ, आभोकाडो २५० रुपैयाँ, अमला १४० रुपैयाँ, अकबरे खुर्सानी ११५, बचुवा माछा ३७५ रुपैयाँ, छडी र मुंगरी माछा ३२५ रुपैयाँ पर्नेछ ।































