तीन वटा निर्माण कम्पनी कालोसूचीमा,कुन कुन हेर्नुहोस्
वि.सं.२०८० असोज १ सोमवार
shares
काठमाडौं।समयमा काम सम्पन्न नगरेका निर्माण कम्पनीहरुलाई सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगरेको आरोपमा तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्ष सम्मका लागि कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने गरी कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा परेका निर्माण कम्पनीहरुमा मनिषा एस.एस.कन्स्ट्रक्सन प्रालि, एभोकाडो क्याफे प्राइभेट लिमिटेड र ड्रागन हस्पिटालिटी एण्ड क्याटरिङ्ग सर्भिस प्रा.लि. हुन् । मनिषा कन्स्ट्रक्सनलाई दैलेखको दुल्लू नगरपालिकाले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।
अन्य दुई कम्पनीलाई संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरन, काठमाडौंले कालोसूचीमा राख्न सिफारिस गरेको हो ।































