आज कति छ विनिमयदर हेर्नुहोस्
वि.सं.२०८० असोज १८ बिहीवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । विहीबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४९ पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १३९ रूपैयाँ ५६ पैसा र बिक्रीमा १४० रूपैयाँ १९ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८३ रूपैयाँ ९६ पैसा र बिक्रीदर ८४ रूपैयाँ ३४ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०९ पैसा र बिक्रीदर २८ रूपैयाँ २२ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७२ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ६६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ११ पैसा तोकिएको छ ।





























