असल कर्जाको प्रोभिजनिङ घट्यो
वि.सं.२०८० असोज १९ शुक्रवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले असल कर्जामा गर्नु पर्ने प्रोभिजनिङ घटाएको छ । बिहीबार एकीकृत निर्देशन जारी गर्दै असल रहेका कर्जाको प्रोभिजनिङ घटाएको हो । ‘एक वर्षभन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.२५ प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
यसअघि राष्ट्र बैंकले कसल कर्जामा १.३ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकका अनुसार सुक्षम निगरानीमा रहेका कर्जामा ५ प्रतिशत, कमसलमा २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खराब कर्जामा १ सय प्रतिशत कर्जा नोक्सानीको व्यवस्था कायमै राखेको छ ।


























