आजको विनिमयदर कति छ हेर्नुहोस्
वि.सं.२०८० असोज २४ बुधवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ८१ पैसा र बिक्रीमा १४१ रूपैयाँ ४४ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ १८ पैसा र बिक्रीदर ८५ रूपैयाँ ५७ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ १० पैसा र बिक्रीदर २८ रूपैयाँ २२ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ६८ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ७९ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ११ पैसा तोकिएको छ ।


























