सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च व्याजदर

2.2K
shares

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको बैंकले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो।

बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ । बैंकले प्रतिपर्धी बजारमा ग्राहलाई व्यावसायिक र अनुभवी कर्मचारीद्वारा सेवा प्रदान हुने बताएको छ ।

विभिन्न शिर्षकमा खाताहरूको डिजाइन, उत्पादन र वितरण गरेर व्यक्ति र संस्थालाई विश्वासयोग्य सेवा दिन बैंकमा आउने ग्राहकका लागि भरपर्दो सेवा उपलब्ध गराउने अठोठ लिएको छ । बैंकका अनुसार यस बैंकमा खाता खोल्न चाहनेहरुका लागि राम्रो ब्याजदर र उत्कृष्ट सुविधाहरू उपलब्ध गराइनेछ ।

ग्राहकले आफूले चाहेका कुनै पनि खाता सरल रुपमा खोल्न सक्ने भन्दै प्रत्येक ग्राहकलाई सिटिजन बैंकमा राम्रो व्यवहार र स्वागत भन्ने नारा नै राखेको छ । बैंकले दिएका सुविधाहरु र सेवाहरु देशभरका सबै शाखाहरूमा उपलब्ध रहेको भन्दै सवै निक्षेप खाता उच्च ब्याजदर रहेको जनाएको छ ।

निक्षेप खातामा फराकिलो दायरा, उच्च र अधिकतम ब्याजदर

बैंकले सबै उमेर समूह, पेशा र समुदायका लागि उपयुक्त निक्षेप खाताको व्यवस्था गरेको छ। यस बैंकले महिला, ज्येष्ठ नागरिक, बालबालिका, श्रमजीवी, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू, प्राविधिक ज्ञान भएका ब्यक्ति, युवा, एनआरएनए आदि सवैका लागि छुट्टाछुट्टै डिजाइनमा २० भन्दा बढी बचत निक्षेप खाताको व्यवस्था गरेको छ ।

सबै खातामा धेरै खालका विशेषताहरू रहेको र जसले खाता खोल्नेहरुहरूलाई उनीहरूको आवश्यकता अनुसारका सेवा र सुविधा दिनेछ । बचत गर्ने उद्देश्यका लागि खाता खोल्दा विचार गर्नुपर्ने प्रमुख कारण मध्येको एक ब्याज दर । सिटिजन्स बैंकले आफ्ना खातावालाहरुलाई सधैं उच्च ब्याजदर र अधिकतम प्रतिफल प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई खुसी पार्न बजारमा उच्च प्रतिस्पर्धी ब्याजदर उपलब्ध गराउँदै आएको छ । हाल, बैंकले प्रति वर्ष ७.९६६ प्रतिशतको उच्चतम ब्याज प्रदान गदैं आईरहेको छ । यो योजना विभिन्न बचत खाताहरूमा लागु रहने छ भने विदेशी मुद्रा बचत खाताहरुमा पनि आकर्षक ब्याजदर उपलब्ध गराएको बैंकले जनाएको छ।

सुविधा र फाइदाहरू

बैंकले आफ्ना ग्राहकहरुले खोलेका कुनैपनि प्रकारका निक्षेप बचत खातामा उच्चतम ब्याज दर मात्र प्रदान नगरी यस बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न सुविधाहरू र उच्चतम फाइदाहरू पनि प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र इन्टरनेट बैंकिङ निःशुल्क उपलब्ध गराउँदै आएको छ । बैंकको मोबाइल बैंकिङलाई वित्तीय क्षेत्रमै उत्कृष्ट मध्ये एक मानिन्छ जसले ग्राहकको हत्केलामा २४ घण्टो बैंकिङ सेवा प्रदान गरेको छ।

बैंकको डेबिट कार्डले विभिन्न आउटलेटहरू (१५० माथि) रेस्टुरेन्ट, क्याफे, होटल, अस्पताल, किनमेल केन्द्रहरू, अन्तर्राष्ट्रिय अस्पतालहरू जस्तै मेदान्ता–द मेडिसिटी र भारतका अन्य अस्पतालहरूमा छुटहरू प्रदान गर्दछ।

बैंकका सबै डिजिटल उत्पादनहरूमा नवीनतम प्रविधिद्वारा सञ्चालित शीर्ष टायर सुरक्षा सुविधाहरू पनि राखिएका छन्। साथै, बैंकले डिम्याट, सिआस्बा र मेरो शेयर सुविधा पनि निःशुल्क उपलब्ध गराएको छ ।

बैंकले ग्राहकलाई बिमा सुविधापनि उपलब्ध गराउँदै आएको छ। बिमामा ५० हजार सम्मको चिकित्सा बिमा र ५ लाख सम्मको दुर्घटना मृत्यु बिमा रहेका छन्।

आफ्ना शाखाहरुबाट बैंकले ‘जीआरई, जीम्याट, टीओएफईएल भिशा प्रोसेसीङ’ सेवाहरुको अनलाइन भुक्तानी समेत गर्ने व्यवस्था मिलाएको छ । जसमार्फत डलर खाता नहुने ग्राहकहरुले समेत सेवाहरु सरल रुपमा प्राप्त गर्न सक्नेछन् । यसका साथै बैंकले तत्काल कार्ड आवश्यक भएका ग्राहकलाई ‘इनसेन्ट’ कार्ड दिने व्यवस्था पनि मिलाएको छ । ‘एनपीआर र डलर’ दुवै किसिमका कार्डमा यस्तो सेवा उपलब्ध छ ।

देशका मुख्य शहरमा मात्र नभई जुम्ला, जाजरकोट र मुगु जस्ता दुर्गम स्थानहरुबाट समेत एटीएम सेवा प्रदान गर्दै आएको बैंकको मोबाइल बैंकिङ्ग सेवामा परम्परागत खाताको विवरण हेर्ने, रकमान्तर गर्ने बाहेक विभिन्न बिल पेमेन्ट, कार्डलेस भुक्तानी, भिषाकार्ड अनुरोध, अनलाइन मुद्दति खाता खोल्ने सुविधा, अनलाइन अपोइन्टमेन्ट सिस्टम साथै क्यू आर भुक्तानी सेवा रहेका छन् ।

मोबाइल बैकिङ्ग एपबाटै कर्जा सुविधा ‘फेन लोन’ तथा प्रिभिलेज बैंकिङ्ग सेवा ग्राहकले अंग्रेजी र नेपाली भाषामा चलाउने सुविधान प्रदान गर्दछ ।

ग्राहकमैत्री सुविधा प्रदानको नाराका साथ बैंकले इन्टरनेट बैकिङ्ग सुविधा पनि प्रदान गरिरहेको छ । जहाँ ग्राहकलाई स्टेटमेन्ट हेर्ने, रकमान्तर गर्ने र बिल पेमेन्टको सुविधा प्राप्त छ । बैंकका ग्राहकले विश्वको जुनसुकै कुनावाट दैनिक २० लाखदेखि ५० लाख मासिकसम्म कारोबार सुविधा रहेको छ ।

‘सिटिजन्स रेमिट’ सेवामार्फत संसारको जुनसुकै कुनाबाट तथा जुन सुकै माध्यमबाट आएको बिप्रेषण रकम पाप्त गर्नसक्ने व्यवस्था समेत गरिएको छ । रेमिटेन्स प्राप्त गर्न बैंकसम्म आइपुग्ने कुनै पनि ग्राहक सेवा प्राप्त नगरी फर्कनुपर्ने अवस्थाको अन्तय गरेको बैंकले जनाएको छ ।

civil hospital
Hams Hospitals