आजको विनिमयदर कति छ थाहा पाउनुहोस्
वि.सं.२०८० मंसिर १ शुक्रवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९२ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ७९ पैसा र बिक्रीमा ८ रूपैयाँ ८३ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३४ पैसा र बिक्रीदर २८ रूपैयाँ ४७ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ६५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०५ पैसा तोकिएको छ ।

























