घट्यो अमेरिकी डलरको मुल्य,अन्यको कति छ हेर्नुहोस्
वि.सं.२०८० मंसिर १८ सोमवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५७ पैसा पुगेको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा पुगेको थियो । आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ७१ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३६ पैसा पाइन्छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ ०६ पैसा र बिक्रीमा ९ रूपैयाँ १० पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २० पैसा र बिक्रीदर ३६ रूपैयाँ ३७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४५ पैसा र बिक्रीदर २८ रूपैयाँ ५८ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ६४ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ५९ पैसा तोकिएको छ । भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३२ पैसा तोकिएको छ ।


























