असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान

12.7K
shares
Nabil bank

 

 काठमाडौँ। असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गर्नुभएको छ।

 

माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी कम्पाला प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गर्नुभएको हो।

 

प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू हुनुहुन्छ।

 

प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नुहुनेछ।

 

असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरूमध्ये नेपाल पनि एक हो। नेपालको परराष्ट्र नीति असंलग्नताको सिद्धान्तमा आधारित छ।

 

प्रधानमन्त्री माघ ७ गते नेपाल फर्किने कार्यक्रम छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x