सरकारी जग्गा श्रेस्ता मिलानका नाममा ब्यक्तिगत नाममा दर्ता 

सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता

76.7K
shares
Nabil bank

 

भक्तपुर ।साबिक निलबाराही ९ ख कित्तानम्बर १९४५, १९४६, १९४९, २४४२ को जग्गामा हालसाबिक गर्दा नापी कार्यालय भक्तपुर तथा मालपोत कार्यालय भक्तपुरको सेटिङमा साबिकमा भएको नेपाल सरकारको नाममा दर्ता श्रेस्ता कायम रहेको निलबाराही ९ ख कित्ता नम्बर १०९५ र १९५० को जग्गा भुमाफियासंगको मिलेमतोमा ब्यक्तिको नाममा हालसाबिक गरेको नाममा सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता भएको बिषय प्राप्त भएको छ। 

 

साबिक निलबाराही ९ ख कित्ता नम्बर १०९५ र १९५० को सरकारी जग्गा हाल ब्यक्तिगत कित्ता नम्बर ४५१ , ४५५ लगायतमा कित्तामा घुसाई बदनियत पुर्वक मोटो रकम प्लटर संग असुल गरि सरकारी श्रेस्तामा कायम सरकारी जग्गालाई ब्यक्तिगत जग्गा बनाएकोमा स्थानीयले बिरोध गरेका छ्न। प्लटिङ्गको नाममा सरकारी जग्गा यसरी ब्यक्तिगत बनाउन कुन कानुनले दियो ? स्थानीय चलनचल्तीमा रहेको बाटोलाई मासेर मध्यपुर थिमी नगरपालिकाको मापदण्ड बिपरित समेत १४ फिट मात्रै बाटो कायम गरेको र जग्गा सट्टामा सरकारी जग्गा ब्यक्तिगत बनाएको भनी बाटोको क्षेत्रफल कम गराएकोमा बिभागका अधिकारीहरुलाई बुझ्दा नापी बिभागले उक्त स्थानमा कुनै सट्टापट्टाको सहमति बिभाग बाट नभएको भन्ने बुझिन आएको छ।

उक्त जग्गामा जग्गाधनी र मोहि समेत रहेकोमा प्लटरसंग मालपोत र नापी मिलेर मोटो रकमको लेनदेन गरि बाँडफाँड समेत नगरी एकपक्षीय रुपमा सरकारी जग्गा ब्यक्तिगत जग्गामा घुसाएकोमा मोहिहरुले दुखेसो समेत गरेका छ्न। यस कार्यका लागि नापी कार्यालय भक्तपुरका कार्यालय प्रमुख समेत रहेका डा प्रदिप सापकोटा, नापी अधिकृत सुमन बिक्रम पन्त, रोशन भण्डारी , यज्ञराज चौधरीले नक्सामा मिलान गरेको र मालपोत कार्यालय भक्तपुरका अधिकृत यदुनाथ आचार्य लगायतले लाखौ रुपैयाँ लिएर सरकारी जग्गा ब्यक्तिका नाममा सट्टा गराएका छन।

समाचार तयार गर्दै गर्दा मालपोत नापिका कर्मचारीले नाम नबताउने शर्तमा भने यसरी सरकारी जग्गा सरकारी कर्मचारीले सट्टामा बिक्रि गर्छन अनि अख्तियार र बिभागको आँखा छल्छन तर नराम्रो कार्य नगरौ कसैले भन्यो फाँट बिभाजनमै विभेद छ , आफ्नालाइ भन्दा पैसा दिनेलाई फाँटमा जिम्मेवारी छ केही नभनौ हजुर भने। यसबिषयमा सम्बन्धित निकायको ध्यान जाला र बिभागले पनि ध्यान पुराउला हेर्दै जाउँ मोहिका हकदारले भने।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x