एकैदिन १७ अर्ब रुपैयाँले निक्षेप वृद्धि

918
shares

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबारसम्म ६३ खर्ब ७० अर्ब रुपैयाँ रहेको निक्षेप बिहीबारसम्म ६३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको हो।

 

त्यस्तै बुधबारसम्म कर्जा प्रवाह ५१ खर्ब ५२ अर्ब रुपैयाँ रहेकोमा बिहीबार स्थिर रहेको छ। बिहीबारसम्म वाणिज्य बैंकमा निक्षेप ५६ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

 

सीडी रेसियो घट्दै ७८.५९ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.९५ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७८.८० प्रतिशत थियो।

civil hospital
Hams Hospitals