सेयर बजार ३५ महिनाकै उच्च

1.5K
shares

काठमाडौं । बुधबार सेयर बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि बजार घट्ने क्रममा रहँदा १५ भदौ २०७८ मा १३ अर्ब १६ करोडको कारोबार भएको थियो ।त्यस्तै सेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ५४.०४ अंक बढेर २३६४ मा कायम भएको छ । नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च हो ।

आज २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।

 

बैंकिङ २.०८, विकास बैंक ४.०९, फाइनान्स ५.५०, होटल तथा पर्यटन ५.५५, हाइड्रोपावर १.७१, लगानी १.५३, जीवन बीमा २.१८, उत्पादन ३.०२, माइक्रोफाइनान्स १.८४, निर्जीवन बीमा ३.३४, अन्य १.३६ तथा ब्यापार समूह ७.३ प्रतिशत बढे । सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत् तथा मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सीईडीबी हाइड्रोपावरको ९.८, आरम्भ चौतारी लघुवित्तको ९.७, मल्टिपर्पस फाइनान्सको ८.९, साल्ट ट्रेडिङको ८.१ तथा आईसीएफसी फाइनान्सको ८.१ प्रतिशत मूल्य बढ्यो ।

 

यस दिन पनि मूल्य घट्नेमा अधिकांश ऋणपत्र अगाडि रहे । कारोबार रकमका आधारमा सिंगटी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सोनापुर सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

civil hospital
Hams Hospitals