रु.१० को ३४ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

1.5K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ–तिहारलाई लक्षित गर्दै रु. १० अंकित ३४ करोड थान नयाँ कागजी नोट छाप्ने भएको छ। नयाँ नोट छपाइका लागि विश्वव्यापी बोलपत्रसमेत आह्वान गरिसकेको छ।

 

राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गर्दै इच्छुक आपूर्तीकर्तासँग प्रस्ताव माग गरेको हो। राष्ट्र बैंकका अनुसार आउँदो सेप्टेम्बर १ सम्म बोलपत्र फारम खरिद गर्न सकिनेछ। सेप्टेम्बर २ मा कार्यालय समयभित्र बोलपत्र फारम दर्ता गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

civil hospital
Hams Hospitals