शेयर बजारमा हालसम्मकै उच्च कारोबार

1K
shares

काठमाडौँ । शेयर बजारको इतिहासमा नै आज सबैभन्दा बढी कारोबार भएको छ । २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

 

यसभन्दा पहिले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

 

 

 

आज परिसूचक नेप्से ६४.२५ अंकले वृद्धि भएर २७६०.९० अंक पुगेको छ । आज १९१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

 

आज ५ करोड ९ लाख ६७ हजार ९८१ कित्ता शेयर कारोबार भएको छ ।

civil hospital
Hams Hospitals