नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा ,२१ अर्बभन्दा बढीको कारोबार
वि.सं.२०८१ साउन २९ मंगलवार
948
shares
shares
काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजारमा करेक्सन देखिएको छ । मंगलबार नेप्से परिसूचक ८.१८ बिन्दुले घटेर २९ सय २३.४६ बिन्दुमा झरेको छ ।
उतारचढावका बीच बढ्ने र घट्ने हुँदै अन्तिम समयमा बढेर बजार बन्द भएको छ । यद्यपि, आज कारोबार रकम भने उच्च अंककै रहेको छ । यसदिन २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको भएको छ ।
तीन कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । जसमा मातृभूमि लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेड रहेका छन् ।
आज नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्य ९.९३ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार पनि यसै कम्पनीको भएको छ । आज यस कम्पनीको ८१ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।





























