नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा, १९ अर्ब १६ करोडभन्दा बढीको कारोबार

1.1K
shares

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ६.०१ अंकले बढेर दुई हजार ९ सय ७४ दशमलव ४६ विन्दुमा बन्द भएको हो ।

 

आज नेप्सेमा १९ अर्ब १६ करोड ६ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १३२ वटाको बढेको छ भने १०९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन कम्पनीको शेयरमूल्य आज स्थिर रहेको छ ।

 

आज सात कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, ज्योती विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड लगायत कम्पनीहरु रहेका छन् ।

 

एसबीएल डिभेञ्चरको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको एक अर्ब ३ करोड ९३ लाख बराबरको कारोबार भएको छ ।

 

civil hospital
Hams Hospitals