बैंकहरूमा लगानी गर्नेले अरू व्यवसाय गर्न नपाउने व्यवस्था गर्न नहुने: चन्द्र ढकाल
वि.सं.२०८१ भदौ ७ शुक्रवार
shares
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकर र व्यवसायी छुट्याउनेगरी सरकारले ल्याउने तयारी गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ (बाफिया) मा असन्तुष्टी जनाएका छन् ।
शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘समृद्ध अर्थतन्त्र निर्माणको आधार : सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
बैंकहरूमा लगानी गर्नेले अरू व्यवसाय गर्न नपाउने व्यवस्था गर्न नहुने उनको भनाइ थियो । बैंकरलाई अन्य व्यवसायमा लगानी गर्न रोक्ने तयारी साथ ल्याउन लागिएकोमा बाफियामा गरिएको यो व्यवस्थाले आर्थिक गतिविधिमा नै प्रभावित हुने उनको भनाइ थियो ।
उनले भने, ‘बैंकमा स्वामित्व भएकै कारण उत्पादन र रोजगारी सिर्जना गर्ने अवसर कसरी प्राप्त हुन्छ? रोजगारी र राजस्व बढाउनुपर्नेमा यस्तो कानुन किन ल्याउँदैछौँ? ऋण दुरुपयोग भएको छ भने हेरौँ, तर लगानी नियन्त्रण गर्ने काम नगरौँ ।’
यसैगरी निजी क्षेत्रमा अख्तियारको चासोले पनि त्रासको वातावरण बनेको र नकारात्मक सन्देश गइरहेको उनको भनाइ थियो ।


























