लाेकतन्त्रकाे सिमा मिचेर प्रधानमन्त्री र राष्ट्रपतिले चालेकाे कदम असंवैधानिक: सभापति देउवा
वि.सं.२०७८ जेठ १३ बिहीवार
shares
काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लाेकतन्त्रकाे सिमा मिचेर प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चालेकाे बताएका छन् ।
नेपाल प्रेस युनियनको २९औँ स्थापना दिवसको अवसरमा भएको भर्चुअल अन्तक्रियामा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
असंवैधानिक अप्रजातान्त्रिक र अलाेकतान्त्रिक हस्तक्षेप गरेर प्रधानमन्त्री र राष्ट्रपतिले देशलाई संकट तर्फ धकेल्न लागेकाे उल्लेख गर्दै देउवाले भने, ‘यसका विरुद्ध मिडियाले पनि आवाज उठाउन जरुरत छ । किनभने, लोकतन्त्र भएन भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितका अधिकार कुण्ठित हुनेछन् ।’
देउवाले अबका दिनमा कांग्रेसले असंवैधानिक कदमका विरुद्ध आवाज उठाइरहेको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा गएको बताए ।
कोभिड महामारीका कारण सडकमा जाने अवस्था नरहेकाले ‘यस्तो बेला आन्दोलन गरेर कोभिड फैलाउनु उपयुक्त नरहेकाे बताए।’ देउवाले सम्मानित सर्वोच्च अदालतले न्याय गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै महामारीसँग आफु र आफ्नाे पाटी सदैव देश र जनताका पक्षमा रहेकाे बताए ।



























