संघीयतामा स्थानिय सरकारको सुशासन: विकास र समृद्धिको आधार

17K
shares
Nabil bank

 

विषय प्रवेश

संघीयत स्थानीयता, स्वायत्तता, विकेन्द्रिकरण र स्वशासनको अवधारणा हो ।राज्यशक्तिको विकेन्द्रिकरणगरी स्थानीय स्वशासन, स्वनियमन, स्वनियन्त्रण र स्वअनुशासन सहितको शासन पद्धति संघयिता भउकाले राजनीतिक, वित्तीय र प्रशासनीक तहमा समेत संघीयताको सिद्धान्त अनुरुप तहगत सरकारले कार्यमुलक ढंगले एकल र साझा अधिकारको प्रयोग गर्नु पर्दछ ।संघीयताको मर्म अनुसार काम हुन सकेमा मात्रै संघयिता र ओकतन्त्रलार्य संस्थागत गर्न सकिन्छ ।संघीयतालाइृ आथिृक समृद्धि र समतामुलक समाजको निर्माणको माध्यमको रुपमा प्रयोग गर्न सुुशासनमा जोड दिन आवश्यक छ । प्रभावकारी शासन व्यवस्थाका माध्यमबाट नागरिकको हित अभिवृद्धि गर्ने दिशामा परिलक्षित मूल्य र मान्यता नै सुशासन हो ।स्थानीय सरकारको लागि सुशासनको भरपर्दो संयन्त्र वित्तीय सुशासन हो ।

वित्तीय सुशासनको सैद्धान्तिक अवधारणा

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले कानुनी शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापनलाई सुशासनका रूपमा परिभाषित गरेको पाइन्छ । यो सार्वजनिक खर्च तथा आम्दानीको समग्र कार्यमा भ्रष्टा भ्रटाचार नियन्त्रण र सदाचार प्रवद्र्धन गर्ने कार्य हो ।सार्वजनिक आय र व्ययको दक्ष परिचालन, त्यसको अभिलेख, प्रतिवेदन तथा लेखापरीक्षणमार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने कार्यलाई वित्तीय सुशासन भनिन्छ । यो सार्वजनिक खर्च तथा आम्दानीको समग्र कार्यमा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धन गर्ने कार्य हो । सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी र जवाफदेही बनाउनु,सार्वजनिक खर्च र सार्वजनिक आयको अद्यावधिक स्थितिको लेखांकन तथा प्रतिवेदन प्रणालीलाई नियमित र एकरूपता कायम गर्नु यसको मूलभूत उद्देश्य हुन्छ ।

वित्तीय सुशासनलाई आर्थिक विकास र समृद्धिको मेरुदण्ड मानिन्छ ।सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी र जवाफदेही बनाउनु, राज्यको सार्वजनिक खर्च र सार्वजनिक आयको अद्यावधिक स्थितिको लेखांकन तथा प्रतिवेदन प्रणालीलाई नियमित र एकरूपता कायम गर्नु यसको मूलभूत उद्देश्य हो। सार्वजनिक आय र व्ययका कार्यमा जनसाधारणलाई वित्तीय सुशासनको प्रत्याभूति दिनु सरकारको दायित्व हो ।नेपालमा यसका लागि सूचना प्रविधिमा आधारित वित्तीय व्यवस्थापनको विकासमा जोड दिएको, एकल खाताकोष प्रणाली लागू गरिएको, राजस्व व्यवस्थापन सूचना प्रणालीको विकास गरिएको, सार्वजनिक खर्चको पारदर्शिता अभिवृद्धि गर्न सरकारी निकायका कार्यक्रम तथा खर्चलाई सार्वजनिकीकरण गर्ने पद्धति विकास गरिएको छ ।

सार्वजनिक आय र व्ययको दक्ष परिचालन, त्यसको अभिलेख, प्रतिवेदन तथा लेखापरीक्षण मार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने कार्यलाई वित्तीय सुशासन भनिन्छ ।यो सार्वजनिक खर्च तथा आम्दानीको समग्र कार्यमा भ्रटाचार नियन्त्रण र सदाचार प्रवद्र्धन गर्ने कार्य हो ।सार्वजनिक आय र व्ययको दक्ष परिचालन, त्यसको अभिलेख, प्रतिवेदन तथा लेखापरीक्षण मार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने कार्यलाई वित्तीय सुशासन भनिन्छ । आर्थिक अनुशासनका मुख्य तीन आयामहरु मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता रहेका छन । राज्य सञ्चालनका लागि आवश्यक पर्ने स्रोत साधनहरु मुख्यतः आन्तरिक राजस्व, वैदेशिक अनुदान, ऋण, आन्तरिक ऋण तथा सरकारको प्राथमिकता, नीति, कार्यक्रम अनुसार आवश्यक पर्ने स्रोत साधन न्यूनतम लागतमा संकलन गर्नु, संकलन लागत घटाउनु, स्रोत साधनको उपयोग गर्दा वस्तु तथा सेवाको गुणस्तरमा ह्रास आउन नदिई लागत घटाउनु, न्यूनतम लागतमा अधिकतम उत्पादन गर्नु वित्तीय सुशासन हो ।

बित्तिय व्यबस्थापन प्रणाली अन्र्तगत संचितकोष र अन्य सरकारी कोषका संचालन तथा व्यबस्थापन, बजेट तर्जुमा, निकासा र खर्च, आर्थिक कारोवारको लेखांकन, तथा प्रतिबेदन, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा यससम्बन्धी आर्थिक गतिबिधिलाई व्यवस्थित गर्ने बुझिन्छ । वित्तीय उत्तरदायीत्व भन्नाले बित्त सम्बन्धी प्रतिफलमा सुधार गर्न वित्तीय अनुशासन, पारदर्शिता तथा जवाफदेहिता कायम गर्न बहन गर्नुपर्ने जिम्वेवारी, जवाफदेहिता तथा सोबाट प्राप्त हुने प्रतिफल प्रतिको उत्तरदायित्व तथा परिपालना संझनुपर्दछ भनि परिभाषित गरिएको छ । वित्तीय उत्तरदायित्व अन्र्तगत वित्तीय व्यबस्थापन प्रणालीलाई जिम्वेवार पारदर्शी, नतीजामुलक तथा उत्तरदायी बनाउने, समष्ट्गित आर्थिक स्थायित्व कायम गर्ने र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने आदि माध्यमबाट आर्थिक अनुशासन कायम गरिनु पर्दछ ।स्थानीय सरकारले स्रोत साधनको उपयोग गर्ने क्रममा निर्गतको तुलनामा आगत अत्यधिक बनाउनु, विधि प्रक्रियाको सरलीकरण गर्नु, जिम्मेवारिता र जवाफदेहिता बहन गर्नु, निर्णयका तहहरु घटाउनु, गुणस्तरमा ह्रास आउन नदिई वस्तु तथा सेवाको उत्पादन बढाउनु वा त्यतिकै उत्पादनका लागि स्रोत साधनको उपयोगमा कमी ल्याउनु पर्दछ । स्थानीय सरकारले वास्तविक रुपमा आम नागरिकको जीवनमा परिवर्तनको प्रत्यक्ष अनुभूति गराउने भएकोले खर्चको सार्थक मूल्य प्राप्तिको सुनिश्चितता गर्न सक्नुपर्दछ ।

स्थानिय तहमा वित्तीय सुशासनको अवस्था

सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी र जवाफदेही बनाउनु, राज्यको सार्वजनिक खर्च र सार्वजनिक आयको अद्यावधिक स्थितिको लेखांकन तथा प्रतिवेदन प्रणालीलाई नियमित र एकरूपता कायम गर्नु यसको मूलभूत उद्देश्य हो । सार्वजनिक आय र व्ययका कार्यमा जनसाधारणलाई वित्तीय सुशासनको प्रत्याभूति दिनु सरकारको दायित्व हो । नेपालमा यसका लागि सूचना प्रविधिमा आधारित वित्तीय व्यवस्थापनको विकासमा जोड दिएको, एकल खाताकोष प्रणाली लागू गरिएको, राजस्व व्यवस्थापन सूचना प्रणालीको विकास गरिएको, सार्वजनिक खर्चको पारदर्शिता अभिवृद्धि गर्न सरकारी निकायका कार्यक्रम तथा खर्चलाई सार्वजनिकीकरण गर्ने पद्धति विकास गरिएको छ र पनि नेपालम वित्तीय सुशासनको अवस्था प्रभावकारी भएको पाइँदैन ।

स्थानीय तहमा सार्वजनिक सडकको अवस्था, सरकारी अस्पतालको अवस्था, सवारी साधनहरूको अवस्थाले वित्तीय सुशासनको अवस्था देखाइरहेको छ । स्थानीय तहमा आर्थिक अनुशासन कायम गर्न नसकिनुु, जनताले सुशासनको प्रत्याभूति गर्न नसक्नु, भ्रष्टाचार बढ्नु, अनियमिता हुनुले वित्तीय सुशासनको अवस्था कस्तो छ भनेर देखाइरहेको छ ।

वित्तीय सुशासन कायम गर्न गरिएका व्यवस्थाहरु

वित्तीय सुशासन कायम गर्न संवैधानिक, कानुनी तथा नीतिगत व्यबस्था गरेको पाईन्छ । नेपालको संविधान २०७२ अनुसार नागरिकका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीतिहरु, राज्यका ३ अँगको कार्यविभाजन, आर्थिक कार्यप्रणाली, तथा लेखापरीक्षण सम्बन्धी संवैधानिक निकायको व्यवस्था आदि सबै वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा अपरिहार्य व्यवस्थाकोको रुपमा रहेको पाईन्छ । त्यस्तै, आवधिक योजनाको गरिबी न्यून गर्ने, क्षेत्रीय सन्तुलन, दिगो आर्थिक विकास, क्षेत्रगत लक्ष्य तथा श्रोत साधनको महत्तम उपयोग सम्बन्धी व्यवस्थाहरु वित्तीय सुशासन कायम गर्नेतर्फ परिलक्षित छन् । सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०६४ मा मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, भ्रष्टाचारमुक्त चुस्त प्रशासन, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यताहरुलाई आत्मसाथ गर्ने उद्देश्य सहित प्रशासन सञ्चालनसम्बन्धी सामान्य व्यवस्था, जिम्मेवारी तथा कार्यविधि र उत्तरदायित्व स्पष्ट गरेको छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को प्रस्तावनामा राज्यको काम कारवाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेशी र जिम्वेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुंचलाई सरल र सहज बनाउने उद्देश्यले सूचनाको प्रवाह, सार्वजनिक निकायको दायीतव, सूचना प्राप्त गर्ने कार्यविधि आदि स्पष्ट गरेको छ ।

स्थानीय सरकार सञ्चालन,ऐन २०७४ ले स्थानीय सरकार सञ्चालनसम्बन्धी व्यबस्था गरेको छ । स्थानीय स्तरमा योजना तर्जुमा तथा सञ्चालनको जिम्मेवारी र अधिकार स्थानीयस्तरमा नै प्रदान गरी जिम्मेवारी र जवाफदेहिता बहन गर्न सक्ने गरी संस्थागत विकास गर्ने उद्देश्यले स्थानीय तहको संरचना, कार्यविधि आदि स्पष्ट गरेको छ । कर्मचारीहरुको व्यवस्थापनका लागि निजामती सेवा ऐन, २०४९ ले निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने उद्देश्यले संगठन संरचना, सेवाको गठन, कार्य प्रक्रिया, सेवा तथा सुबिधा, सजाय र पुरस्कार जस्ता व्यबस्थाहरु स्पष्ट् गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा संचित कोष वा सरकारी कोषको संचालन, बजेट तर्जुमा, निकासा खर्च, लेखा राख्ने, आन्तरिक नियन्त्रणको व्यबस्था मिलाउने, लेखापरीक्षण गराई बेरुजु फछर्यौट गर्ने आदी आर्थिक कार्यबिधिहरु स्पष्ट गरिएको छ ।

त्यस्तै, सार्वजनिक खरिद ऐन २०६३ मा सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, बस्तुनिष्ठ र बिस्वसनिय बनाउन खरिद बिधि, प्रक्रिया, संरचनागत व्यबस्था गरी खरिद व्यबस्थालाई जिम्वेवारी र जवाफदेहिता स्पष्ट गर्ने प्रयास गरिएको छ । अन्य क्षेत्रगत ऐन नियम, निर्देशिका, मानदण्डले श्रोत साधनको महत्तम उपयोगलाई केन्द्रविन्दुमा राखी कार्यविधिगत, प्रक्रियागत, प्रविधिगत र व्यबहारगत व्यवस्थाहरु गरिएका छन, जसबाट आर्थिक अनुशासन र पारदर्शिता कायम गर्दै वित्तीय सुशासनको लक्ष्यमा पुग्नृ विश्वास गर्न सकिन्छ । वित्तीय सुशासन कायम गर्नका लागि उपलब्ध स्रोत साधनको मितव्ययितापूर्वक उच्चतम उपयोग गर्ने, स्रोत साधन उपलब्ध गराई क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, कर्मचारीहरुलाई विभिन्न तालिमहरु उपलब्ध गराई दक्ष बनाउने, उत्प्रेरणा, पुरस्कार, मान्यताका माध्यमबाट उत्प्रेरित गर्ने, पद्धतिगत र नतिजा उन्मुख प्रणालीमा जोड दिने, बजेट तर्जुमा प्रणालीलाई वैज्ञानिक बनाउने, रणनैतिक व्यवस्थापनको अवधारणा कार्यान्वयन गर्ने जस्ता व्यबस्थाको अवलम्वन गरी वित्तीय सुशासनका पक्षहरुमा विशेष जोड दिनु पर्ने देखिएको छ ।

वित्तीय सुशासनमा देखिएका समस्या

बजेट अनुमान कार्यक्रममा आधारित तथा यथार्थपरक नुहनु,समयमै कार्यक्रम स्वीकृत गरी वार्षिक खरिद योजना तयार नगर्न ठेक्काको कार्य समयमा नहुनु, कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली सुदृढ हुन नसक्नु,आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण बीच समन्वय हुन नसक्नु,चालू खर्चको मात्रा वृद्धि हुनु, पुँजीगत खर्च कम हुँदै जानु, आर्थिक वर्षको अन्यमा मात्र अन्याधिक खर्च गर्ने प्रवृत्तिमा रोक लगाउन नसकिनु,सरकारी लेखाप्रणालीलाई नगदमा आधारित प्रणालीबाट क्रमशः प्रो्दभावी प्रणालीमा रुपमान्तर गर्दै अन्तर्राष्ट्रिय स्तरको रूपमा विकास गर्न नसक्नु, वित्तीय पारदर्शिता तथा जवाफदेहिता सम्वन्धमा तालुक निकाय थप जिम्मेवार नहुनु,बेरुजुको मात्रा बढ्दै जानु, खरिद कार्यलाई सार्वजनिक खरिद ऐनको मर्म अनुरुप मितव्ययी र प्रतिस्पर्धी बनाउन नसक्नु प्रमुख समस्याको ूपमा रहेको छ ।

मासिक प्रगति विवरणको वास्तविक समीक्षा हुन नसक्नु,भए पनि औपचारीकतामा मात्र सिमित हुनु, लक्ष्य र प्रगति बीचको अन्तरमा सम्बन्धित निकाय जिम्मेवार हुन नसक्नु,अनुगमन र मूल्याङकन प्रणाली सुदृढ हुन नसक्नु ,पालिकाहरूमा प्रणाली बसिनसक्नु,क्षमता विकास भइनसक्नु,धेरैजसो पालिकामा बजेट तथा कार्यक्रम तर्जुमा, खर्च व्यवस्थापन र प्रतिवेदन एवं समीक्षाको परिपाटी संस्थागत भइनसक्नु, स्थानीय सरकार वित्तीय अनुशासन कायम गर्न कमजोर देखिएका छन्। लेखापरीक्षण प्रतिवेदनअनुसार स्थानीय सरकारहरूले घटी जिम्मेवारी सारेको, बैंक हिसाब मिलान गर्न नसकेको, बजेटलाई अबन्डामा राख्ने गरेको, अन्तरपरिषद् समन्वय नगरेको, उपभोक्ता समितिबाट सम्पादन गरिएका काममा ठेकेदारलाई उपयोग गरिएको र वित्तीय कारोबारसम्बन्धी निर्णय गर्दा अवलम्बन गर्नुपर्ने विधि अपनाउन सकिउको छैन ।

निर्वाचित पदाधिकारीमा केही गर्ने चाहना भए पनि त्यसलाई विधिसङ्गत प्रक्रियामा कसरी लैजाने भन्ने पक्षमा गृहकार्य नहुनु प्रमुख समस्याको रुपमा रहेको छ । बजेट कार्यक्रम पारित हुनेबित्तिकै कार्यक्रम कार्यान्वयन तालिका बनाउने र सोअनुरूप काम भए नभएको समीक्षा गर्ने, काम हुन नसकेको अवस्थामा कारण पहिचान गरी सहजीकरण गर्ने बानी विकास भइसकेको छैन। साथै आर्थिक अनुशासन गिर्दै जानुमा खरिद व्यवस्था र आन्तरिक नियन्त्रण प्रणालीमा कमजोरी देखिएको छ।

स्थानीय तहमा आन्तरिक लेखापरीक्षणलाई संस्थागत गर्न सकिएको छैन। पालिकाको कार्यकारी अधिकार कार्यपालिकामा हुने र कार्यपालिका प्रमुखले उचित सावधानी नराख्ने वा आग्रहमा कार्यसम्पादन गर्ने अवस्था रहँदा पनि समयमा कार्यक्रम कार्यान्वयन हुन सक्दैन। खर्च रकममा पुँजीगत विनियोजनको हिस्सा कम छ। संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरणबाहेकका अनुदान समयमा कार्यक्रम कार्यान्वयन नभएकाले संघीय कोषमै फर्किने गरेको छ। बजेट र आवधिक योजनाबीचको नीति आबद्धता कायम गर्न र स्रोतको अनुमान योग्यताका लागि तर्जुमा गर्नुपर्ने मध्यकालीन खर्च संरचना पनि औपचारिकतामा छन्। यसो हुनु पछिको एउटा कारण योजना शिक्षा र अभिमुखीकरणको अभाव पनि हो।

स्थानीय तहमा वित्तीय सुशासनलाई प्रभावकारी बनाउने उपायहरु

संघीयतामा स्थानीय सरकारको सुशासन विकास र समृद्धिको आधार भएकाले समग्र शासकीय सुशासनका लागि वित्तीय सुशासन अपरिहार्य हुन्छ । प्रभावकारी वित्तीय सुशासन व्यवस्थापनबाटै सार्वजनिक स्रोतको दक्ष र सर्वोत्तम परिचालन सम्भव छ । समयमा लेखापरीक्षण, वित्तीय व्यवस्थापनमा पारदर्शिता,सूचना प्रविधिको कुशल व्यवस्थापन गर्दै वित्तीय सुशासनका आयामहरुलाई केन्द्रविन्दुमा राखी विद्यमान संबैधानीक, कानूनी र नीतिगत व्यवस्थाको पालना, जिम्मेवारी र जवाफदेहिताको प्रर्वद्धन, अनुगमन,प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र सुपरीवेक्षण एवं सेवा प्रवाहमा प्रभावकारिता ल्याई उपलव्ध श्रोत साधनको उद्देश्यमूलक उपयोग गरी वित्तीय सुशासन कायम गर्नुपर्दछ ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x