सकारात्मक सोच र दृष्टिकोणले समाजलाई पार्ने प्रभाव
वि.सं.२०८१ असोज १९ शनिवार
shares
सकारात्मक सोचका प्रबर्द्धकहरूका अनुसार सार्वजनिक जीवनमा सकारात्मक जीवनभन्दा ठूलो अर्को कुनै आनन्द छैन । सकारात्मक सोचले खुसी र ऊर्जावान महसुस गराउँछ ।सकारात्मक सोचलाई जीवनको एक मार्गको रूपमा अपनाउँदा जीवन सहज वनाउँछ । सकारात्मक सोच मानसिक दृष्टिकोण हो । वास्तविक र प्रभावकारी सकारात्मक सोचले व्यक्तिमा साँच्चै ठूलो सकारात्मक प्रभाव पार्छ । सकारात्मक सोच एक यस्तो कौशल हो जसले खुशी सिर्जना गर्न सिकाउँछ ।खुशी जीवनमा सकारात्मक परिणामहरूको कारण हो, परिणाम होइन । अरूको हितको लागि आफ्नो धन प्रयोग गर्दा गर्दा व्यक्ति खुशी हुन्छ । आनन्दित व्यक्तिहरूमा गहिरो धार्मिक र आध्यात्मिक विश्वास हुन्छ ।
सकारात्मक पक्षहरू सामञ्जस्य, विश्वास, अभय, सहिष्णु, मृदुता, श्रद्धा, निष्ठा, सहयोग, इमानदारी, दया, करुणा, सत्य आदि सद्गुणले आचार व्यवहारमा प्रभावकारीता ल्याई व्यक्तित्व उत्साही, आशावादी, प्रसन्न, तनावमुक्त, विनम्र, सहृदयी, सहानुभूतियुक्त, अनुशासित बनाइदिन्छ । नकारात्मक भावनाले आदर्श जीवन गुमाउन पुग्छ र दुःखी बनाइदिन्छ तर सकारात्मक भावनाले जीवनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बनाइदिन्छ ।सकारात्मक भावनाले हाम्रो आन्तरिक शक्ति बढाउँछ र जीवनलाई आदर्श बनाइदिन्छ । सकारात्मक भावनाहरूले हाम्रो जीवनमा नयाँ दृष्टिकोण ल्याउँछ ।
सबैका लागि राम्रो सोच्नु नै सकारात्मक भावना हो ।सकारात्मक भावनाबाट प्रयास गर्दा भय, त्रास, कुण्ठाबिना आफूले प्रयास गरेर सफलता प्राप्त गर्न सकिन्छ । सकारात्मक सोच्नु सार्वजनिक जीवनका लागि अति फलदायी साबित हुन्छ । यसले दृष्टिकोणलाई सकारात्मक बनाउन सकिन्छ । आफ्नो जीवनमा भएका सकारात्मक अनुभव र आदर्शलाई मनमा मनन गरेर आफूलाई धन्य सम्झँदा आत्म ऊर्जा प्राप्त हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ । हरेक कुरालाई सकारात्मक नजरले हेर्नु नै सकारात्मक सोच हो । सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । आफुले आफुलाई विश्वास गर्ने कुरा सकारात्मक सोच हुनु पहिलो आवश्यकता हो । आत्मविश्वास, सकारात्मक दृष्टिकोण र सकारात्मक मनोवृति नै तिनका कारणहरु हुन् जसले परिवेशलाई सकारात्मक रुपमा परिवर्तन गर्न सक्छन् । जति अप्ठ्यारो भए पनि त्यो विचमा आफु खुसी हुन सक्ने कारण पहिल्याउनु सकारात्मक सोच हो सकारात्मक मानसिक दृष्टिकोण भनेको तपाईको समस्याहरूलाई सकारात्मक रुपले बुझ्नु हो ।
सकारात्मक सोचले मष्तिस्कमा सकारात्मक ऊर्जा प्रवाह गर्छ। अनि मानिस पूर्ण सक्रियताका साथ असल काम गर्छ, त्यसलाई निरन्तरता दिइरहन्छ अनि सफल हुन्छ । बिजुली बल्बका आविष्कारक थोमस एल्भा एडिसन सकारात्मक सोच र निरन्तर अभ्यासकै कारण सफल भए । जसले नौ सय उनान्सय पटकसम्म असफल हुँदा पनि हरेस खाएनन् र अन्त्यमा सफल भएरै छाडे, किनभने उनीसँग सकारात्मक सोचको दिव्य दृष्टि थियो। उनी हरेक परीक्षणमा केही न केही प्रतिशत सफल भएको थाहा पाइरहन्थे र उत्साहित भइरहन्थे। योग, व्यायाम गर्दा, स्वस्थ गुणस्तरीय खाना खाँदा, पर्याप्त आराम गर्दा वा निद्रा लिँदा, प्रसन्न भाव राख्दा, असल मानिसको सङ्कत गर्दा, राम्रा पुस्तक पढ्दा, प्राकृतिक सुन्दरताले भरिपूर्ण रमाइला स्थानको भ्रमण गर्दा मस्तिष्कमा ऊर्जा भरिइरहन्छ। त्यसैले हामीले यस्ता काम गरिरहनुपर्छ । यस्ता कामले हाम्रो भावनात्मक बुद्धि÷क्षमता बढाउँछ र जुनसुकै परिस्थितिमा पनि विवेकसम्मत तरिकाले काम गर्न सक्षम बनाउँछ।
हामी सकारात्मक सोचले भरिन सक्यौं भने नकारात्मक सोचले ठाउँ लिन सक्दैन । सकारात्मक प्रशंसा गर्ने बानी भयो भने हाम्रो सोचाइ सकारात्मक हुन्छ । हाम्रो सकारात्मक सोच दृष्टिकोणले समाजलाई सकारात्मक प्रभाव पार्छ । साथि भाईहरु सँग मिठो कुरा गरि बसेमा मन खुसि हुन्छ । सकारात्मक कुराले शरिरमा तरङ्क पैदा हुन्छ ।साथि भाईहरुको उन्नति प्रगतिमा खुसि हुने मन,सधै सबैको भलो सोच्नुपर्छ ।
सकारात्मक सोचले शरीरको प्रतिरक्षा प्रणाली सुधार गर्छ । जीवनका कठिनाइहरू पार गर्नसक्ने क्षमता विकास गर्न मद्दत गर्छ । हाम्रो आयु बढाउन मद्दत गर्छ ।सकारात्मक सोच मानसिक दृष्टिकोण हो । वास्तविक र प्रभावकारी सकारात्मक सोचले सार्वजनिक जीवनमा साँच्चै ठूलो सकारात्मक प्रभाव पार्छ ।सकारात्मक सोचको शक्तिले हामीलाई आफ्नो लक्ष्यमा प्रतिबद्ध बनाउँछ । परिस्थिति जस्तोसुकै भए पनि प्रत्येक व्यक्तिले आफूमा सकारात्मक सोच उत्पन्न सिर्जना गर्न सक्छ ।सकारात्मक सोचका चिन्तकहरूले परिस्थितिलाई यथार्थमा हेर्ने प्रयास गर्छन् । आफूले जे सोचिन्छ, जेमा विश्वास गरिन्छ त्यो हुन्छ । त्यसैले असल सोचियो, भने नतिजा असल हुन्छ र जीवन सफल बन्दै जान्छ अनि खराब सोचियो भने नतिजा खराब नै हुन्छ र जीवन असफल बन्दै जान्छ।
समाजमा सकारात्मक प्रभाव पार्ने जनचेतनामुलक कार्यहरु गर्नुपर्छ ।मान्छेले आत्तिनु हुँदैन कहिल्यै, जीन्दगी संघर्ष हो, स्वीकार्नै पर्छ, जीन्दगी चुनौती हो सामना गर्नैपछ वर्तमानका महत्वपूर्ण र सान्दर्भिक कुराले मात्रै जीन्दगीमा अर्थ राख्छ । त्यसैले वर्तमान राम्रो बनाउन सकेमा भविष्य त्यसै राम्रो बन्नेछ। जीवनमा सफल हुने क्षमता विकासका लागि सकारात्मक सोच महत्वपूर्ण कारक हो भन्न सकिन्छ । मानिसको मन आत्मा देखि खुसि बनाउने माध्यम तथा मस्तिष्कमा सकारात्मक सोचबाट वास्तविकतामा परिबर्तन गर्न सक्ने शक्ति हुन्छ ।त्यसलाई सबैले स्विकार गर्नुपर्छ ।अधिक आनन्द, खुसी र तुलनात्मक रूपमा राम्रो स्वास्थ्य हुन्छ । यसले तनावको स्तर कम गर्न मद्दत गर्दछ। प्रत्येक प्रशासकहरुको आफुले चाहेका कुरा हासिल गर्न आफ्नो मनबाट सोच्छ मनबाट सोचेर काम गरेर सफल हुन्छ ।
सकारात्मक सोचले जिवनलाई उज्यालो ,खुसि र सफल बनाउछ ।सकारात्मक सोच राख्नु मानिसको एक कला ह ।अरुको हितको बारेमा कार्य गर्दा मन देखि खुसि भएर गर्नुपर्छ । मनलाई खुसि बनाउन सकारात्मक सोच राख्न आवश्यक हुन्छ । मनलाई सकारात्मक सोच ल्याउन प्रशिक्षण दिने तथा नकारात्मक विचारहरु मन बाट हटाउनु पर्छ । नकरात्मक भावनालाई मनदेखि हटाएर आफ्नो मनमा भएको तनाव कम गर्नुपर्छ ।सोचकै कारण मानिस सकारात्मक हुन्छ । नकरात्मक सोचका कारण व्याक्ति व्यक्तिमा मनमुटाव,साथि भाईमा झै–झगडा,छर छिमेकि सँग झगडा,बिभिन्न किसिमका द्धन्द भएका छन । सामान्य झगडा देखि बिश्वयुद्ध सम्म नकरात्मक सोचका कारण भएका हुन । त्येसैले प्रत्येक मानिसहरुमा सकारात्मक सोच हुन जरुरी छ । सोच नकारात्मक भयो, अनावश्यक शङ्गा गरियो भने त्यसले सिङ्को परिस्थिति बिगार्छ । नामले मात्र कोही पनि महान् हुँदैनन् कामले महान् बन्नुपर्छ ।
राष्ट्र नेतृत्व तहहरुमा सकारात्मक सोच राख्नुपर्छ। जबसम्म सोच परिवर्तन गरिदैन, तबसम्म ब्यवहार अनि जीवन ,जगत परिवर्तन असम्भव नै रहन्छ। देशमा नेतृत्वमा पुगेका ब्याक्तिमा सकारात्मक धारणा हुनुपर्छ । सकारात्मक सोचले राम्रो परिमाण ल्याउछ । घर परिवार,समाज सबै ठाउँहरुमा सकारात्मक सोचको विकास गर्नुहोस यसले जिवन र जगतलाई सुन्दर बनाउँछ । राम्रो सोचाइ राखेमा व्यक्ति, समाज र मुलुक विकास हुन्छ भन्ने बुझाई मानिसहरूमा रहेको छ। जो कोहि सँग असल व्यवहार गर्नुपर्छ । जिम्मेवारि सम्झेर सोच, विचार, योजना र कार्यको सम्बन्धमा आशावादि र सकारात्मकता वादलाई प्रमुख हतियारको रूपमा प्रयोग गर्दछ । सकारात्मक सोच बनाउनका लागि सधै अभ्यास गर्नुपर्छ । जीवनमा सबै कर्म र जिम्मेवारी चाहे अनुरूप नहुन सक्छन् तर त्यसलाई सही देख्ने र स्वीकार गर्न सक्ने क्षमता सकारात्मक सोचले विकास गर्छ । मन मस्तिक बाट सकारात्मक बाटोमा हिडनुपर्छ । हाम्रो समाजमा नकारात्मक कुराहरु, गुनासाहरु, असन्तुष्ठि र निराशाले बनेको नकारात्मक सोचलाइ सकारात्मक सोचमा बदल्नुपर्छ ।
ब्यक्तिको सोचाईले उस्को जिवन स्तर निर्धारण गर्दछ । सकारात्मक सोचाईले कर्म आचरणमा सुधार ल्याउनुका साथै ज्ञानी बनाईदिन्छ ,सकारात्मक सोचाईले प्रगति, उन्नति र विकासको नतिजा ल्याउछ । यो जगतमा सकारात्मक सोचको धेरै ठुलो महत्व छ । हामिहरुले आफ्ना समस्याको समाधान सकारात्मक तरिकाले गर्नुपर्छ । हरेक ब्याक्तिको मनोभावना र शैलि सकारात्मक हुनुपर्दछ । जबसम्म हामीले आफ्नो सोच र दृष्टिकोणमा परिवर्तन गर्दैर्नौ । सबैको सोच सकारात्मक हुन आवश्यक छ । सकारात्मक सोच हाम्रो समाज र हाम्रो जिवनको अभिन्न अंग हो । आफ्नो जिन्दगि र आफुले गरेका सकारात्मक कार्यको मुल्याङकन गरौ । सकारात्मक सोचले जिन्दगि परिवर्तन गर्न सक्छ । सकारात्मक सोच बनाउन बौद्धिक कितावहरु पढाउने र पढ्ने गर्नुपर्छ ।
असल सँगतले असल मान्छे बन्न सिक्छ । जिवन परिवर्तनको लागि सहि र सकरात्मक सोच हुन आवश्यक छ । नकरात्मक सोच त्यागेर सकारात्मक सोच कसरि बढाउने भनेर हामिले बिचार गर्नुपर्छ । सकारात्मक बन्न हामिले सधै नेगेटिभ सोचको सधै आलोचना गर्नु पर्दछ । अरूको कुरा नकाट्ने, अरूको कुरा सुन्ने, अरूले मन पराउने कुरा बोल्ने, मुसुक्क हाँसेर बोल्ने, मिठास शब्द प्रयोग गर्ने, अरूको नाम लिएर प्रशंसा गर्ने, अरूलाई मान दिने व्यक्ति धेरैका सामु लोकप्रिय हुन सक्छ । नकारात्मक सोचाईले लुटपात, ठगी, अपराध गर्न सक्छ ।सकारात्मक सोच र बिचारले जन्माएका धारणाहरु मर्दैनन । व्यक्तिको मानसपटलमा आएका विचार जे जस्ता भए पनि सकारात्मक हुनु जरुरी छ । संसार भरको जिवको अस्तित्व कायम राख्न पनि हाम्रो सोच राम्रो हुनुपर्छ । यदि सकारात्मक सोच राखेर कार्य गरेन भने त्यो सफल हुन सक्दैन ।
सकरात्मक सोचमा लगानि गरि मन मस्तिकलाई सहि सोच लिएर आचरण व्यवहारमा सुधार, र सहयोगी भावनालाई हामिले अगाल्नुपर्छ ।सकारात्मक सोच नै जिवनको सारथि हो । सकारात्मक सोचले मानिसलाई खोजि गर्ने अवधारणाको विकास गर्छ । हामिले सफल हुनका लागि मिहिनेत गर्नुपर्छ । नैतिक आदर्शवान बन्न बनाउन मानिस भएर जन्मेपछि सकारात्मक सोच हुनुपर्छ । यसले आत्मविश्वास बढ्छ । आफ्नो देशमा केहि गरौ भन्ने सोच राख्नुपर्छ । आशा विश्वास र आत्मबल बढाउन सकारात्मक सोच हुनुपर्छ । सकरात्मक सोच भनेको आम मानिसको मानसिकता र सोचमा जग बसाल्ने माध्यम हो । सकारात्मक सोचको जग बलियो भएमा मात्र ठुलो र सफल बन्न सक्छ । हामिले जिवनमा स्वाभिमानी हुनुपर्छ । हामिले सोच्नु , बिचार गर्नु तथा व्यक्त गर्न सकिन्छ । सकारात्मक सोचले सकरात्मक छबि बनाउछ । सकारात्मक सोच प्रेरणाको श्रोत बन्न सक्छ । हिम्मत नहारि केहि गर्न सकेमा मानिस मानिस बन्छ । हाम्रो सोच हामिले हेर्ने नजरमा भर पर्छ । प्रशासकहरुको जति संघर्ष गर्छ त्यति नेगेटिभ बन्छ । जिवनलाई सकारात्मक ढंगले हर्न आवश्यक छ ।
सकारात्मक लक्ष्य राख्दा प्रतिफल सकारात्मक हुन्छ । हामिले सिकेको ज्ञान , सिप त्यतिबेला सम्म महत्वपुर्ण हुदैन जबसम्म ज्ञानलाई ब्यबहारमा ल्याउन सकिदैन । हामिले सोच बिचार गरेर कार्य गरौ । एउटा जिम्मेवार व्याक्तिको रुपमा आफुलाई चिनाउ । मानवले कहिले पनि हरेश खानु हुदैन । हिम्मत साथ अगाडि बढनुपर्छ । कठिन परिस्थितिलाई पनि सहज सोचेर सजिलै कठिनाईहरु पार गर्न सकिन्छ । मानिस सोच्ने क्षमता भएको प्राणि पनि हो । असल र सफल बन्नको लागि सकारात्मक दृष्टिकोण र निरन्तर अभ्यास गर्नुपर्छ । मानिसको बिचार बाट चरित्र निर्माण हुन्छ । आफ्नो जिबन बनाउनका लागि नकरात्मक भावनाले छुन दिनु हुदैन । जिवनमा सत्य कार्य गर्नुपर्छ ।
जगतमा सकारात्मक सोच फैलाउन ऋषिमुनिहरुले त्याग तपस्या गरी जगतलाई शिक्षा दिएका थिए । सकारात्मक सोच बाट सत्य तत्वको ज्ञान गरि मुक्तिको मार्ग खोज्नु पर्थ्यो । हामिले जिवनलाई गहिराई बाट हेर्नु पर्छ । बुद्दि ,क्षमता, योग्यताको आधारमा असल कार्य गर्नुपर्छ । सबैलाई आफ्नो कर्तव्य प्रति निष्ठाबान हुने ज्ञान हुनुपर्छ ।मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ । सकारात्क सोच नै मानिसको जीवनको उर्जा हो । बन्दूकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ ।हरेक व्यक्तिको यस्ता शक्तियुक्त सकारात्मक सोचलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्न सकियो भने जीवन र जगतको स्वरुप नै अकल्पनीय सुन्दर बन्दछ ।
जोसँग सकारात्मक सोच छ । ऊ नै सफलताको शिखर चुम्दछ । जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर दिन गुजार्छ । नकारात्मक सोच भएका व्यक्तिभन्दा सकारात्मक सोच भएका व्यक्तिहरु कयौँ गुणा छिटो आफ्नो लक्षित गन्तव्यमा पुग्दछन् ।हरेक कुरालाई सकारात्क नजरले हेर्नु नै सकारात्मक सोच हो । सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र उर्जा सिर्जना गर्दछ । त्यसैले आजकल सकारात्मक सोच सम्बन्धी तालिमहरु सञ्चालन गरिन्छन् । मानिसको स्वाभिमानमा वृद्धि, नेतृत्वको विकास, व्यवसायमा वृद्धि, संगठनको प्रगति सबै सकारात्मक सोचका उपज हुन् ।
जीवनमा सफल हुने क्षमता विकासका लागि सकारात्मक सोच महत्त्वपूर्ण कारक हो भन्न सकिन्छ । मानिसको मन आत्मादेखि खुसि बनाउने माध्यम तथा मस्तिष्कमा सकारात्मक सोचबाट वास्तविकतामा परिवर्तन गर्न सक्ने शक्ति हुन्छ । त्यसलाई सबैले स्वीकार गर्नुपर्छ । अधिक आनन्द, खुसी र तुलनात्मक रूपमा राम्रो स्वास्थ्य हुन्छ । यसले तनावको स्तर कम गर्न मद्दत गर्दछ । प्रत्येक प्रशासकहरुको आफुले चाहेका कुरा हासिल गर्न आफ्नो मनबाट सोच्छ मनबाट सोचेर काम गरेर सफल हुन्छ । नकारात्मक सोच भएका व्यक्तिदेखि सिङ्को समाज, राष्ट्र र विश्वलाई यसले प्रभाव पार्दो रहेछ । सकारात्मक सोचले जीवनलाई उज्यालो, खुसि र सफल बनाउँछ । सकारात्मक सोच राख्नु मानिसको एक कला हो । अरुको हितको बारेमा कार्य गर्दा मन देखि खुसि भएर गर्नुपर्छ ।
मनलाई खुसि बनाउन सकारात्मक सोच राख्न आवश्यक हुन्छ । मनलाई सकारात्मक सोच ल्याउन प्रशिक्षण दिने तथा नकारात्मक विचारहरु मनबाट हटाउनुपर्छ । नकरात्मक भावनालाई मनदेखि हटाएर आफ्नो मनमा भएको तनाव कम गर्नुपर्छ । सोचकै कारण मानिस सकारात्मक हुन्छ । नकरात्मक सोचका कारण व्याक्ति व्याक्तिमा मनमुटाव, साथीभाईमा झै–झगडा, छरछिमेकीसँग झगडा, बिभिन्न किसिमका द्वन्द्व भएका छन् । सामान्य झगडादेखि विश्वयुद्धसम्म नकरात्मक सोचका कारण भएका हुन् । त्येसैले प्रत्येक मानिसहरुमा सकारात्मक सोच हुन जरुरी छ । सोच नकारात्मक भयो, अनावश्यक शङ्का गरियो भने त्यसले सिङ्गो परिस्थिति बिगार्छ । नामले मात्र कोही पनि महान् हुँदैनन् कामले महान् बन्नुपर्छ ।
सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । त्यसैले सफलताको लागि सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ । हरेक व्यक्तिको सफलता अरुको हातमा छैन, आफ्नै मनमष्तिष्कमा छ । मात्र मन र मष्तिष्क सकारात्मक हुुनुपर्छ । सकारात्मक सोच कसैबाट मागेर लिनुपर्दैन, न त यसलाई पैसा हालेर किन्नु नै पर्छ । यो त जति सकारात्मक सोच्दै गइन्छ त्यति नै बढ्रदै जान्छ ।सकारात्मक सोचको मुहान हामी आफैँ हौँ ।
सकारात्मक दृष्टिकोणले हामीलाई हरेक आवश्यक कुरामा अध्ययन गर्ने र सामाजिक परिस्थितिहरूलाई सुधार्ने साहस प्रदान गर्छ ।सकारात्मक शक्ति एउटा मनोगत आदानप्रदानको रूपमा प्राप्त हुने ऊर्जा वा प्रेरणा हो जो हाम्रो जीवनमा सकारात्मक परिणाम गर्नमा मद्दत पु¥याउँछ । यसले हाम्रो जीवनमा सान्त्वना, ऊर्जा, आत्मविश्वास, उत्साह, र सफलता ल्याउँछ । यो एउटा बलियो शक्ति हो जो हाम्रो मानसिकता र आचरणमा सशक्त तथा सही परिणाम दिन्छ । त्यस्तै हामीलाई आगामी कार्यप्रति प्रेरित गर्दछ । हाम्रो वरिपरिका हरेक व्यक्तिको सकारात्मक सोच, सकारात्मक सङ्कत र प्रेरणादातालाई सम्प्रेषण गर्दा, हामी सकारात्मक शक्तिले गर्दा अझ सबल हुन्छौँ । आफ्नो लक्ष्यहरूमा सफलताका प्रति प्रतिबद्ध बन्छौँ । परिणामतः सफलता हाम्रो हातमा आउँछ ।
सकारात्मक सोच र बिचारले जन्माएका धारणाहरु मर्दैनन । बुद्ध, पुरुष,महापुरुषहरु मरेपनि उनीहरुको दृष्टिकोण अझै जीवितै छन् । व्यक्तिको मानसपटलमा आएका विचार जे जस्ता भए पनि सकारात्मक हुनु जरुरी छ । संसार भरको जिवको अस्तित्व कायम राख्न पनि हाम्रो सोच राम्रो हुनुपर्छ । यदि सकारात्मक सोच राखेर कार्य गरेन भने त्यो सफल हुन सक्दैन । प्रशंसा भनेको अरुको राम्रो कामको वारेमा गरिने चर्चा हो । कसैको प्रशंसाले कसैलाई राम्रो कार्य गर्न प्रेरित गर्दछ । कसैको कार्यको नकरात्मक सुन्न चाहदैन आलोचना मात्र राम्रो सन्देश जादैन । माया प्रेमलाई खुलेर व्यक्त गरिने चिज प्रशंसा हो । यो व्यबहार मलाई ठिक छैन भन्नेले अरुलाई नराम्रो व्यबहार गर्नुहुँदैन ।
जो व्यक्ति जीवनप्रति सकारात्मक सोचाई राख्छ, त्यही व्यक्तिले जीवनमा सफलता पाउन सक्छ । नकारात्मक सोचाई र विचारहरुलाई सकारात्मकमा परिवर्तन गर्न सके हामीले हाम्रो व्यक्तिगत र व्यावसायिक जीवन दुवै ठाउँमा सफलता पाउन सक्छौँ । सकारात्मक सोचमा ठूलो शक्ति छ । यसको ठीक विपरीत नकारात्मक सोचले शक्ति क्षय गरिदिन्छ ।सकारात्मक सोचका लागि केही प्रक्रियाहरु सुझाइएका छन् । सर्वप्रथम त म सकारात्मक छु, अथवा आजैबाट म सकारात्मक हुन्छुबाट सुरु गरौँ । हरेक दिन बिहान सकारात्मक सोचाइबाट दिनको सुरुवात गरौँ । अरुलाई कृतज्ञता र धन्यवाद व्यक्त गर्ने, दानी बन्ने, स्वास नियन्त्रण गर्ने, सकारात्क कल्पना गर्ने र ध्यान गर्ने जस्ता केही उपायहरु सकारात्मक सोचका आधारभूत तत्वहरु भनिएका छन् । यस्ता कुरा पढ्नेभन्दा अनुशरण गर्ने गरौँ । जहिले पनि आफूले अरुबाट खुशी या केही सामान पायाँैं भने त्यो खुसी वा सामान दिने व्यक्तिलाई धन्यवाद व्यक्त गर्नुपर्छ, यसले मनमा नराम्रो सोचहरु प्रकट हुन दिँदैन । बरु मनमा मायाको भावानाहरु प्रकट हुन दिन्छ । जहिले पनि बिहान उठ्ने बितिकै जीवनमा आफुले पाएको खुशीहरुको लागि संसारप्रति आभारी हुँदै धन्यवाद व्यक्त गर्ने गर्नु उचित हुन्छ ।
सकारात्मक भावनाले हाम्रो मानसिकतामा राम्रो, आत्मविश्वास, ओजपूर्ण र आनन्दको भावना पनि ल्याइदिन्छ । यसले हामीलाई जीवनप्रति उत्साह र आदर्श जगाइदिन्छ । हामीलाई नयाँ परिप्रेक्ष्य देख्न र समस्याहरूसँग जुझ्न तथा संघर्ष गर्ने यथेष्ट शक्ति प्रदान गर्दछ । सकारात्मक भावना ल्याएर हामी जीवनको मुख्य दिशामा आगामी कार्यदिशा देख्न सक्छौँ र त्यसमा प्रयासरत हुन सक्छौँ । अवश्य नै सकारात्मक भावनाले आशाका किरणहरू जगाइदिन्छ र देखाइदिन्छ । मनोबललाई प्रचुर मात्रामा बढाइदिन्छ, उच्च बनाइदिन्छ । तसर्थ यो हरेकका लागि अतिरिक्त प्रेरणादायी शक्ति हो । यसले गर्दा हामीलाई जीवनप्रति गर्व र प्रेरणात्मक शक्ति प्रदान गर्दछ । जसले हाम्रो आत्मविश्वास अत्यधिक बढाउँछ र हामीलाई कुनै पनि चुनौतीलाई स्वीकार गर्न मद्दत पु¥याउँछ । यसबाट प्रगतिको खुड्किलो सुरुवात हुन्छ । त्यस्तै हाम्रो व्यक्तित्व विकास र सामाजिक सम्बन्ध अझ सुदृढ हुन्छ ।
सकारात्मक सोचाईको प्रतिफल पनि सकारात्मक नै हुन्छ । हामीले यो जगतमा रहँदा बिभिन्न किसमका सोचहरु बनाउँछौँ । हाम्रा सोचहरु सधै सकारात्मक हुनुपर्छ । हामीले जगतको भलाई तथा देश समाज आदि भलो गर्ने सोचहरु राख्नुपर्छ । सकारात्मक सोचले हामीलाई महान बनाउँछ । अरुको मन जिति कार्य गर्नुपर्छ । सकारात्मक सोचकासाथ जीवन यात्रा गर्ने मानिसको जीवनमा कठिन मोडमा पनि खुसि हुन्छ । क्षणिक रुपमा दुःख भोग्न पनि सकारात्मक सोचले मानिसलाई एक दिन लक्ष्यमा पुर्याउछ । नकरात्मक सोचले मानिसलाई दुःखी बनाउछ । जस्तोसुकै कठिन परिस्थितिमा पनि सकारात्मक सोच लिई हासि खुसि बाँच्ने मानिस खुसि हुन्छ ।
हामी सकारात्मक सोचले भरिन सक्यौं भने नकारात्मक सोचले ठाउँ लिन सक्दैन । सकारात्मक प्रशंसा गर्ने बानी भयो भने हाम्रो सोचाइ सकारात्मक हुन्छ । हाम्रो सकारात्मक सोच दृष्टिकोणले समाजलाई सकारात्मक प्रभाव पार्छ । साथिभाईहरुसँग मिठो कुरा गरि बसेमा मन खुसि हुन्छ । सकारात्मक कुराले शरिरमा तरङ्क पैदा हुन्छ । साथिभाईहरुको उन्नती प्रगतीमा खुसि हुने मन, सधैँ सबैको भलो सोच्नुपर्छ । खुसि कुनै बजारमा बेच्न राखिएको चिज होईन । यसको सम्बन्ध हाम्रो मनसँग हुन्छ । तब मानिस खुसि हुन्छ । जब उसले माया, प्रेम, स्नेह, इज्जत सबै कुरा बचाएर राख्छ । सम्मानजनक र ईज्जतदार जिन्दगी जिउनुको मज्जा बेग्लै हुन्छ । जीवनमा संघर्ष जति बढी हुन्छ, त्यति धेरै सिकाई पनि हुँदो रहेछ । मैले त्यस बखत जिन्दगीमा धेरै कुरा सिक्ने अवसर पाए । जीन्दगीका यी संघर्षका अनुभवले धेरै कुरा सिक्ने मौका मिल्दै जान्छ । धेरै मानिसलाई चिन्ने अवसर पनि मिल्छ ।
हामीले सफल व्यक्तिहरुको जीवन कथा पढेर तनावबाट आफूलाई मुक्त राखेर आफ्नो सोच जित्नका लागि सकरात्मक सोच बनाउनुपर्छ ।स्वस्थ, खुशी व्यक्तिहरू आजको दिन कसरि उपयोगी बनाउने भनेर सोच्दछन र कसरि सफलता हासिल गर्ने भनेर प्राय जस्तो सोच्ने गर्दछन। यसरि सकारात्मक दृष्टिकोणको विकासले हाम्रो सम्पूर्ण जीवनलाई सच्चाइमा परिवर्तन गर्न सक्दछ। जहिले पनि आफूले अरूबाट खुसी या केही सामान पायाँैं भने त्यो खुसी वा सामान दिने व्यक्तिलाई धन्यवाद व्यक्त गर्नुपर्छ, यसले मनमा नराम्रो सोचहरु प्रकट हुन दिँदैन । बरु मनमा मायाको भावनाहरु प्रकट हुन दिन्छ । जहिले पनि बिहान उठ्ने बित्तिकै जीवनमा आफूले पाएको खुशीहरुको लागि संसारप्रति आभारी हुँदै धन्यवाद व्यक्त गर्ने गर्नु उचित हुन्छ । आफू जन्मेको स्थान, समाज देश र बाँचेको धर्ती र वातावरणप्रति सधैँ कृतज्ञ र खुसी हुन सिकौँ ।असम्भावना केहि छैन, म गर्न सक्छु भनेर सकारात्मक सोच राख्न सक्नु चाही पर्छ।
सकारात्मक सोच बनाउनका लागि सधैँ अभ्यास गर्नुपर्छ । जीवनमा सबै कर्म र जिम्मेवारी चाहे अनुरूप नहुन सक्छन् तर त्यसलाई सही देख्ने र स्वीकार गर्न सक्ने क्षमता सकारात्मक सोचले विकास गर्छ । मन मस्तिकबाट सकारात्मक बाटोमा हिड्नुपर्छ । हाम्रो समाजमा नकारात्मक कुराहरु, गुनासाहरु, असन्तुष्टी र निराशाले बनेको नकारात्मक सोचलाई सकारात्मक सोचमा बदल्नुपर्छ ।सकारात्मक सोच हाम्रो समाज र हाम्रो जिवनको अभिन्न अंग हो । आफ्नो जिन्दगी र आफूले गरेका सकारात्मक कार्यको मुल्याङकन गर्नुपर्छ। सकारात्मक सोचले जिन्दगी परिवर्तन गर्न सक्छ । सकारात्मक सोच बनाउन बौद्धिक कितावहरु पढाउने र पढ्ने गर्नुपर्छ । ब्यक्तिको सोचाईले उस्को जीवनस्तर निर्धारण गर्दछ । सकारात्मक सोचाईले कर्म आचरणमा सुधार ल्याउनुका साथै ज्ञानी बनाईदिन्छ, सकारात्मक सोचाईले प्रगती, उन्नती र विकासको नतिजा ल्याउँछ । यो जगतमा सकारात्मक सोचको धेरै ठूलो महत्व छ । हामीहरुले आफ्ना समस्याको समाधान सकारात्मक तरिकाले गर्नुपर्छ । हरेक ब्याक्तिको मनोभावना र शैली सकारात्मक हुनुपर्दछ । जबसम्म हामीले आफ्नो सोच र दृष्टिकोणमा परिवर्तन गर्दैर्नौँ । सबैको सोच सकारात्मक हुन आवश्यक छ ।
सकारात्मक सोचले अनावश्यक तनावबाट मुक्ति पाउछ । सकारात्मक सोच भित्र सत्यता हुन्छ । सकारात्मक सोचका साथ अगाडी बढ्न सके व्यक्तिगत जीवन त सुन्दर हुन्छ ।सकारात्मक सोच नै जीवनको सारथी हो । सकारात्मक सोचले मानिसलाई खोजी गर्ने अवधारणाको विकास गर्छ । हामीले सफल हुनका लागि मिहिनेत गर्नुपर्छ । नैतिक आदर्शवान बन्न बनाउन मानिस भएर जन्मेपछि सकारात्मक सोच हुनुपर्छ । यसले आत्मविश्वास बढ्छ । आफ्नो देशमा केही गरौँ भन्ने सोच राख्नुपर्छ । आशा विश्वास र आत्मबल बढाउन सकरात्मक सोच हुनुपर्छ । सकारात्मक सोच भनेको आम मानिसको मानसिकता र सोचमा जग बसाल्ने माध्यम हो । सकारात्मक सोचको जग बलियो भएमा मात्र ठूलो र सफल बन्न सक्छ । हामीले एक आपसमा सकारात्मक कुराहरु तरिकाले समस्याहरु समाधान गर्नुपर्छ । मानवको मनमा चिन्तन विचार र अठोटको विकास गरि सही सोचकासाथ हामी अगाडि बढ्नुपर्छ । हाम्रा जीवनका हरेक कर्महरु सकारात्मक हुनुपर्छ । पुर्खाहरुको सकारात्मक सोचका कारण आज विश्व सामु शीर ठाडो पारि बाँच्न सफल भएका छौँ ।सकारात्मक सोच नै सफलताको पहिलो खुड्किलो पनि हो। जीवनमा सफल हुनका लागि सकारात्मक सोंच पहिलो पाठशाला हो ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)




























