प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बाेधन गर्दै
वि.सं.२०७८ जेठ १४ शुक्रवार
1.5K
shares
shares
काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्दैछन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ ।
बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।
संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर, गत ७ जेठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी गरिएको छ ।



























