अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा
वि.सं.२०८१ कात्तिक २० मंगलवार
1.3K
shares
shares
काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति चयन गर्न आज मतदान हुँदैछ । डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
ह्यारिस उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति हुन् । मतदान पूर्व देशैभरि भएको मतसर्वेक्षणहरूले दुई उम्मेदवारबीच प्रतिस्पर्धा अझ बढेको देखाएका छन् ।त्यसको आधारमा विभिन्न ठाउँमा थोरै मतान्तरले जितको छिनोफानो हुन सक्ने देखाएको छ । अमेरिकाका ५० राज्यका लागि जनसङ्ख्याका आधारमा कुल ५ सय ३८ इलेक्टोरल तय गरिएको छ ।राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २ सय ७० मत आवश्यक पर्छ। एजेन्सी




























