भोलि शोक बिदा

22.5K
shares
Nabil bank

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भोलि (बुधबार) शोक बिदा दिएको छ । त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा विश्वविद्यालयले शोक बिदा दिएको हो ।शिक्षाविद् समेत रहेका ७३ वर्षीय शर्माको कात्तिक १६ गते निधन भएको थियो । उनको निधनमा शोक व्यक्त गर्दै विश्वविद्यालयले एक दिन त्रिवि केन्द्रीय कार्यालय लगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द हुने जनाएको छ ।

 

त्रिवि कार्यकारी परिषद्को २०७२ चैत ४ गते बसेको बैठकको निर्णय नम्बर ४०३ ले त्रिविका पदाधिकारी (पूर्वपदाधिकारी समेत)को निधनमा शोक बिदा दिने निर्णय गरेको थियो । सोही आधारमा एक दिन शोक बिदा दिइएको सूचना अधिकारी भीम बहादुर श्रेष्ठले जानकारी दिए ।उच्च माध्यमिक विद्यालय शिक्षा परिषद्का पूर्वउपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिव, मदनभण्डारी मेमोरियल कलेजका पूर्वक्याम्पस प्रमुख समेत रहेका शर्माको ओम हस्पिटल चाबहिलमा उपचारका क्रममा निधन भएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x