ग्लोबल आइएमई बैंकबाट दराजमा सामान किन्दा ग्राहकहरुलाई एयरबड उपहार
वि.सं.२०८१ पुस १८ बिहीवार
1.8K
shares
shares
काठमाडौं। ग्लोबल आइएमई बैंकले १८औं वार्षिकोत्सवका अवसरमा आफ्ना कार्डबाहक ग्राहकलाई दराजबाट सामान किन्दा १८ प्रतिशत छुट पाउने योजना सार्वजनिक गरेको छ।बैंकले बिहीबार स्थापनाको १८औं वर्ष पूरा गर्दैछ।छुट योजना पुस १८ गतेदेखि २४ गतेसम्म रहने बैंकले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १८ प्रतिशत छुट पाउनेछन्। साथै बैंकले १८ जना ग्राहकलाई एयरबड प्रदान गर्नेछ।
छुट पाउनका लागि ग्राहकले न्यूनतम् १ हजार ८०० रुपैयाँको खरिद गर्नुपर्नेछ। बैंकको कार्ड प्रयोगकर्ताले योजना अवधिमा १ हजार ८०० रुपैयाँसम्म छुट पाउनेछन्।





























