अब भारतको आर्थिक वृद्धिदर ६‍.८ प्रतिशत पुग्ने अनुमान

1.2K
shares

नयाँदिल्ली । भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५/२६ (२०२५ अप्रिल-२०२६ मार्च) को अवधिमा ६.३-६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ ।

 

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार आर्थिक वर्ष सन् २०२४-२५ (२०२४ अप्रिल-२०२५ मार्च) मा देशको वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमानअनुसार ६.४ प्रतिशत रहेको अनुमान गरिएको छ ।अर्थमन्त्री निर्मला सीतारमणले शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेश गरिन् ।

civil hospital
Hams Hospitals