पेट्रोलियम पदार्थको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो

19K
shares
Nabil bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

 

 

इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले सोमबाररातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले घटाईएको जनाएको छ ।

 

 

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको जनाएको छ । साथै, पेट्रोल र खाना पकाउने एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

 

इण्डियन आयल कर्पोरेशनबाट चैत्र १८, २०८१ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ४५ पैसा बढेर तथा प्रति लिटर डिजेलमा २ रुपैयाँ १५ पैसा र प्रति लिटर हवाई इन्धनमा ६ रुपैयाँ ५९ पैसाले घटेर आएको निगमले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x