२४ क्यासिनोको इजाजतपत्र नवीकरण, काठमाडौंदेखि प्रमुख सहरसम्म सञ्चालन

2K
shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले आर्थिक वर्ष २०८२/८३ का लागि २४ वटा क्यासिनो कम्पनीको इजाजतपत्र नवीकरण गरेको छ।

 

 

विभागका अनुसार, आवश्यक प्रक्रिया पूरा गरेका काठमाडौँ उपत्यकाका ८ वटा र उपत्यका बाहिरका प्रमुख सहरहरूमा सञ्चालित १६ वटा क्यासिनो कम्पनीको इजाजतपत्र नवीकरण गरिएको हो।

 

नवीकरण हुनेमा काठमाडौँका प्रतिष्ठित होटेलहरूमा सञ्चालित क्यासिनोदेखि नेपालगञ्ज, भैरहवा, झापा, विराटनगर, वीरगञ्ज र पोखरा जस्ता पर्यटकीय तथा व्यापारिक केन्द्रमा रहेका क्यासिनोहरू समेत समावेश छन् ।

 

काठमाडौँमा होटल मल्ल परिसरको ’श्री बेल्लिज नेपाल’, म्यारियट होटल परिसरको ’श्री डेल्टीइन नेपाल’, सोल्टी होटल परिसरको ’श्री माजोङ्ग इन्टरटेन्मेन्ट’ र तारागाउँ रिजेन्सी होटल परिसरको ’श्री प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन’ लगायतका क्यासिनोको नवीकरण भएको छ।

 

त्यसैगरी, उपत्यका बाहिर रुपन्देहीको सिद्धार्थनगर र भैरहवा क्षेत्रमा सबैभन्दा धेरै क्यासिनो सञ्चालनमा छन् । झापा, मोरङ, पर्सा, बाँके, कास्की र कपिलवस्तुमा समेत क्यासिनोहरू सञ्चालनमा रहनेछन् ।

 

civil hospital
Hams Hospitals