शिक्षक महासङ्घ पुनः आन्दोलनमा, पहिलो चरणका कार्यक्रम सार्वजनिक

22K
shares
Nabil bank

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकले विगतमा भएको सहमति अनुसारका माग सम्बोधन नगरेको भन्दै पुनः आन्दोलनमा उत्रिने भएको छ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत आन्दोलनको पहिलो चरणको कार्यक्रम सार्वजनिक गर्दै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक केही हदसम्म सकारात्मक भए पनि शिक्षक कर्मचारीका मुख्य सरोकारका विषय सम्बोधन नभएको बताए ।

उनका अनुसार अस्थायी शिक्षकलाई स्थायित्व दिलाउन सहमतिअनुसार तोकिएको ७५ प्रतिशत आन्तरिक परीक्षाको प्रावधान नराखिनु, गोल्डेन हेन्डसेक अन्तर्गत स्पष्ट व्यवस्था नतोकिनु, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध समावेश नभएको लगायतका विषय अझै समाधान हुन सकेका छैनन् ।

“विद्यालय शिक्षामा वर्षौंदेखिका समस्या समाधान गरी उन्नत र गुणस्तरीय शिक्षाको प्रबन्ध गर्न विद्यालय शिक्षा ऐन चाहिएको हो । तर विगतमा भएका सहमतिका बुँदाहरूलाई ऐनमार्फत सम्बोधन नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ,” सुवेदीले भने ।

पहिलो चरणका आन्दोलन कार्यक्रम

१. भदौ ६ — पत्रकार भेटघाटमार्फत आन्दोलनको जानकारी सार्वजनिक गर्ने।
२. भदौ ९ — प्रधानमन्त्री, शिक्षा मन्त्री तथा प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने।
३. भदौ ११ देखि २० सम्म — सबै राजनीतिक दलका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने।
४. भदौ १२ र १३ — जिल्ला समन्वय इकाइ र पालिकामा प्रतिनिधिमूलक उपस्थितिसहित ध्यानाकर्षण पत्र बुझाउने र ३ घण्टे धर्ना गर्ने।
५. भदौ २१ — दोस्रो चरणका आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने, जसमा अवरोध, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम रहने।

महासङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेसँगै विद्यालय शिक्षा विधेयक कार्यान्वयनमा पुनः विवाद उत्पन्न हुने संकेत देखिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x