चाेरीको गाडी एसपी सिलवालले व्यक्तिगत प्रयोग गरे, कानुनमै प्रश्न उठ्यो

20.8K
shares
Nabil bank

पथलैया।भन्सारमा बुझाउनुपर्ने चाेरीका सवारीसाधन आफूले नै प्रयोग गरेको आरोप ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार सिलवालमाथि लागेको छ।

पथलैया ट्राफिक कार्यालयमा कार्यरत सिलवालले केही समयअघि पक्राउ गरिएको चाेरीको स्कारपियो गाडी भन्सारमा बुझाउने कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिगत रूपमा चलाइरहेको खुलासा भएको हो।कानुन अनुसार, चाेरी वा अवैध रूपमा नेपाल भित्रिएका सवारीसाधन भन्सार कार्यालयमा बुझाइएपछि लिलामी प्रक्रिया पूरा गरेर राज्यको राजस्वमा दाखिला गर्नुपर्ने प्रावधान छ। तर, सिलवालले सो कानुनी दायित्व बेवास्ता गर्दै गाडी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको आरोप लागेको छ।

स्रोतका अनुसार, उक्त स्कारपियो गाडी केही समयअघि ट्राफिक टोलीले नियन्त्रणमा लिएको थियो। तर, प्रहरी कार्यालयको आधिकारिक अभिलेखमा उक्त गाडी भन्सारमा बुझाइएको विवरण उल्लेख गरिएको छैन।स्थानीयहरूका अनुसार, सो गाडी अहिले पनि सिलवालको निजी प्रयोजनमा चलाइने गरेको देखिन्छ। यसले प्रहरी प्रशासनकै सदाचार र कानुनी पालनाबारे गम्भीर प्रश्न उठाएको छ।

एक प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा भने, “प्रहरीले कानून कार्यान्वयन गर्ने निकाय हो, तर यही निकायका अधिकारीले कानुन तोड्दा जनविश्वास गुम्छ। यस्तो घटना तत्काल छानबिन हुनुपर्छ।”

यस विषयमा पथलैया ट्राफिक कार्यालय र सम्बन्धित प्रहरी वरिष्ठ कार्यालयले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। तर, घटना सार्वजनिक भएपछि आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने आवाज प्रहरीभित्रै उठ्न थालेको स्रोतले जनाएको छ।

यदि आरोप पुष्टि भएमा एसपी सिलवालमाथि अनुशासनात्मक कारबाहीदेखि राजस्व छली मुद्दा समेत चल्न सक्ने कानुनी प्रावधान छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x