अनेरास्ववियु अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत, दीपक धामी नयाँ अध्यक्ष

24.4K
shares
Nabil bank

काठमाडौं । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले अध्यक्ष डा. सुजन कडरियाको राजीनामा आधिकारिक रूपमा स्वीकृत गरेको छ। नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले वर्तमान महासचिव दीपक धामीलाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेको हो।

 

जेन–जी आन्दोलनका क्रममा विद्यार्थीको मृत्यु भएको घटनाप्रति असन्तुष्टि जनाउँदै कडरियाले केही दिनअघि नै राजीनामा घोषणा गरेका थिए। बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई नयाँ महासचिव बनाउने तथा बाँकी पदाधिकारीलाई यथावत् राख्ने निर्णय गरेको जानकारी धामीले दिए।

 

पार्टीका जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालका अनुसार कडरियाले सार्वजनिक रूपमा दिएको राजीनामालाई आधार मानेर सर्वसम्मत रूपमा स्वीकृत गरिएको हो। अब यो निर्णय अन्तिम मान्यताका लागि केन्द्रीय समितिमा पेश गरिनेछ।

 

राजीनामा स्वीकृत भएपछि पूर्व अध्यक्ष कडरियाले सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै विद्यार्थी आन्दोलनमा बिताएका सबै तिता–मीठा क्षणहरू औपचारिक रूपमा समाप्त भएको लेखेका छन्। उनले कसैप्रति गल्ती भएको भए क्षमायाचना गर्दै अब पार्टी जीवनमा पूर्ण समर्पणका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

 

कडरियाले नयाँ नेतृत्वलाई बधाई दिँदै भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै आफ्नो अनेरास्ववियु यात्रा अन्त्य भएको उल्लेख गरेका छन्। विद्यार्थी अधिकारका पक्षमा बुलन्द रहिरहने संगठन अनेरास्ववियु नै हो भन्ने विश्वास पनि उनले व्यक्त गरे।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x