त्रिविले भर्ना आवेदन पौष ११ सम्म खुला गर्ने

14.3K
shares
Nabil bank

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना मंसिर ११ गतेदेखि खुला गर्ने भएको छ ।

 

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै मंसिर ११ गतेदेखि पौष ११ गतेसम्म आवेदन बुझाउन समय तोकिएको हो ।

 

मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, कानुन संकाय, वन विज्ञान अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८२–०८३ का लागि स्नातकोत्तर तह प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि सार्वजनिक कार्यक्रम अनुसार प्रवेश परीक्षा भने सम्बन्धित कार्यालयले निर्धारण गर्ने उल्लेख छ ।

 

कक्षा संचालन माघदेखि सुरु हुने सूचनामा उल्लेख छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x